close

प्रयोगकर्ताको बायोमेट्रिक डेटा संकलन गर्दै टिकटक

टेकपाना टेकपाना

जेठ २१, २०७८ १६:५१

प्रयोगकर्ताको बायोमेट्रिक डेटा संकलन गर्दै टिकटक

काठमाडौं । चिनियाँ शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले प्रयोगकर्ताको बायोमेट्रिक डेटा संकलन गर्ने भएको छ । यसअन्तर्गत कम्पनीले प्रयोगकर्ताको फिङ्गर प्रिन्टका साथै भ्वाइसप्रिन्ट संकलन गर्नेछ ।

डेटा संकलनको सुरुवात अमेरिकी प्रयोगकर्ताबाट गरिनेछ । यसका लागि कम्पनीले अमेरिकाका प्रयोगकर्ताको हकमा छुट्टै प्राइभेसी पोलिसी तयार पारेको छ । जसमा भनिएको छ, ‘अमेरिकाको नीति अनुसार प्रयोगकर्ताको बायोमेट्रिक जानकारी संकलन गर्न सकिन्छ । जसमा फिङ्गरप्रिन्ट, भ्वाइसप्रिन्ट लगायतका जानकारी पर्नेछन् ।’

यी सबै कुरा अमेरिकाको कानूनले माग गरेअनुसार भएकाले प्रयोकगर्ताले यसलाई आत्मासात गर्ने अपेक्षा कम्पनीको रहेको भन्दै कम्पनीले नयाँ नीति सार्वजनिक गरेको हो ।

यसका साथै उक्त प्राइभेसी पोलिसीमा प्रयोगकर्ताको लोकेसन, उनीहरुलाई पहिचान गर्ने अन्य वस्तुसेमत संकलन गर्न सकिने जनाइएको छ । जसमा प्रयोगकर्ताको फेस र शारीरिक बनावटको जानकारीसमेत समावेश गरिनेछ ।

यो नीति अमेरिकी कानूनले माग गरेकाले सुरू गरिएकाे टिकटककाे भनाइ छ । यस्तै खालका कानूनी प्रावधान अन्य मुलुकले ल्याएको खण्डमा त्यहीअनुसार अन्य मुलुकमा पनि कार्यान्वयन गरिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३