close

युट्युव शर्ट्सका प्रयोगकर्ताले अब युट्युवमा उपलब्ध जुनसुकै भिडियोको अडियो प्रयोग गर्न सक्ने

टेकपाना टेकपाना

जेठ २५, २०७८ १३:३६

युट्युव शर्ट्सका प्रयोगकर्ताले अब युट्युवमा उपलब्ध जुनसुकै भिडियोको अडियो प्रयोग गर्न सक्ने

काठमाडौं । अन्य प्रयाेगकर्ताले प्रयोग गरेको अडियोलाई आफ्नो अडियोका रुपमा प्रयोग गर्न सकिने फिचर टिकटकको सबैभन्दा ठूलो हतियार हो । जसका कारण एउटै अडियोमा धेरै प्ररकारका भिडियो हेर्न र बनाउन सकिन्छ । अब युट्ववले पनि यस्तै फिचरलाई प्रयाेगमा ल्याउने भएकाे छ ।

टिकटकको प्रतिस्पर्धीकाे रूपमा भित्रिएकाे युट्युव शर्ट्समा अब प्रयोगकर्ताले युट्युवमा उपलब्ध जनुसुकै भिडियोको अडियो प्रयोग गर्नसक्ने जनाइएको छ । हाल यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भने भएको छैन ।

यो फिचरको विषयमा कम्पनीले अघिल्लो महिना कम्युनिटी सपाेर्ट पोस्टमार्फत जानकारी गराएको थियो । अब उक्त फिचर युके र क्यानडाका प्रयोगकर्तामाझ उपलब्ध भएको छ ।

साथै ल्याटिन अमेरिकाका केही देशमा पनि याे फिचर उपलब्ध भएको छ । जसमा ब्राजिल, चिली, मेक्सिको, कोलम्बिया, पेरुलगायतका देश रहेका छन् ।

यो फिचर सबै मुलुकका प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ । यसअघि नै शर्टस् प्रयोगकर्ताले अन्य प्रयोगकर्ताले प्रयोग गरेको अडियो प्रयोग गरेर भिडियो बनाउन सकिने फिचर भने उपल्ब्ध गराइसकेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१