close

अनलाइनमा यसरी हेर्नुहोस् आज रातिबाट सुरु हुने युरोकप फुटबलको लाइभ

टेकपाना टेकपाना

जेठ २८, २०७८ २३:३३

अनलाइनमा यसरी हेर्नुहोस् आज रातिबाट सुरु हुने युरोकप फुटबलको लाइभ

काठमाडौं । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको १६औं संस्करणको खेल आज रातिबाट सुरु हुँदैछ । कूल २४ देशले प्रतिस्पर्धा गर्ने यस पटकको युरो कपको उदघाटन खेल इटली र टर्कीबीच रोममा हुँदैछ ।

युरोकपको ६०औं वर्षको अवसरमा हुने यस पटकको प्रतियोगिता ११ देशमा हुँदैछ । जसअनुसार जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सुरु हुन लागेको हो ।

नेपालमा तपाईंले सोनी टेन र डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट यो प्रतियोगिताका खेलहरु हेर्न सक्नुहुनेछ । यदि तपाईंसँग घरमा टेलिभिजन छैन भने पनि चिन्ता नलिनुहोस् । हामी तपाईंलाई मोबाइलमै युरोकप कसरी हेर्ने भन्ने बारेमा बताउँदै छौं ।

पहिलो विकल्प

डिशहोमले आफ्ना डीटीएच ग्राहकका लागि डिशहोम गो मोबाइल एपमा सोनी टेन सहित आफ्नो एक्सन स्पोर्ट्स च्यानल समेत हेर्न सकिने व्यवस्था मिलाएको छ ।

यदि तपाईंसँग घरमा डिशहोमको डीटीएच छ भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गरी डिशहोम एप डाउनलोड गर्नुहोस् । अब एपमा रहेको लगईन/रजिस्टरमा जानुहोस् र डिशहोमको क्याश आईडी वा डिशहोममा रजिस्टर गरिएको मोबाइल नम्बर राखेर लगईन गर्नुहोस् ।

अब तपाईंको मोबाइलमा ओटीपी कोड आउनेछ त्यसलाई राख्नुहोस् र लगईन पुरा गर्नुहोस् । यदि डिशहोममा रजिस्टर गरिएको मोबाइल नम्बर साथमा छैन भने पनि चिन्ता नलिनुहोस् । डिशहोमको पैसा नलाग्ने टोलफ्री नम्बर १६६००१२२००० मा कल गरेर आफूसँग भएको मोबाइल नम्बर रजिस्टर गर्न सक्नुहुन्छ ।

अब त्यहाँ तपाईंले ओटीटी देख्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस् र क्रियट न्यु युजरमा जानुहोस् । यहाँबाट तपाईंले आफ्नो पासवर्ड पाउनुहुनेछ । अब आईओएसका लागि यहाँ क्लिक गरेर तथा एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर डिशहोमको टिभी च्यानल हेर्न सकिने अर्को एप डिशहोम गो डाउनलोड गर्नुहोस् ।

अब डिशहोम गो एपमा आफ्नो क्याश आईडी र डिशहोम एपबाट प्राप्त पासवर्ड राख्नुहोस् र लगईन गर्नुहोस् । यति गरेसँगै त्यहाँ तपाईंले सोनी टेन वा एक्सन स्पोर्ट्समा गएर युरोकपका खेलहरु लाइभ हेर्न सक्नुहुनेछ ।

दोस्रो विकल्प

तपाईंको घरमा डिशहोमको डीटीएच छैन भने पनि चिन्ता नलिनुहोस् । नेटटिभी एपमा तपाईंले निःशुल्क रुपमा डिशहोमको एक्सन स्पोर्ट्स च्यानल हेर्न सक्नुहुन्छ । यदि नयाँ हुनुहुन्छ भने नेटटिभी एप डाउनलाेड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् अथवा एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

साथै तपाईं यहाँ क्लिक गरेर नेटटिभीको वेब भर्सनमा जान सक्नुहुन्छ । वेबसाइटबाट जाँदा माथि आवर प्लेटफर्म लेखिएको स्थानमा जानुहोस् र वेब टिभी छान्नुहोस् । अब फेसबुक वा जिमेलबाट नेटटिभी लगईन गर्नुहोस् । लगईन भइसकेपछि लाइभ टिभीमा गएर एक्सन स्पोर्ट्स च्यानल छनौट गर्नुहोस् र युरोकपका खेलहरु हेर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१