close

एक सातामै हार्मोनी ओएसका प्रयोगकर्ता एक करोडले नाघे

टेकपाना टेकपाना

जेठ २९, २०७८ १०:५२

एक सातामै हार्मोनी ओएसका प्रयोगकर्ता एक करोडले नाघे

काठमाडौं । ह्वावेले हालै सार्वजनिक गरेकाे परिस्कृत अपरेटिङ सिस्टम हार्मोनी ओएसका प्रयाेगकर्ता एक करोडभन्दा बढी पुगेका छन् । गत बिहीबार नै कम्पनीले एक कराेड प्रयाेगकर्ता पुगेकाे भन्दै केक काटेर खुसी व्यक्त गरेको छ ।

कम्पनीले काटेको उक्त केक पनि विशेष थियो, जसमा एयर वड, ह्वावे वाच, स्मार्टफोन र टिभीकाे फोटोसमेत बनाइएको थियो ।

Huawei's HarmonyOS 2 already passes 10 million users

ह्वावेको नयाँ ओएसले पाएको यो सफलताले कम्पनीले बजारमा ल्याएको हार्मोनी एउटा उत्कृष्ट प्रोडक्ट भएको दर्शाएको छ । यसका कारण हार्मोनी ओएस एउटा ओएसमात्रै नभएर पुरा इकोसिस्टम नै भएकाले पनि यसलाई विश्वबजारले नै नियालिरहेको छ ।

कम्पनीका अनुसार हार्मोनी आएसको नयाँ भर्सन हाल मेटा ४०, मेट ३०, मेट प्याड प्रो सिरिजमा चीनामा मात्रै उपलब्ध छ । भने, अर्को महिनाबाट पी ३०, अनर ३० र भी ३० सिरिजका स्मार्टफोनमा पनि उपल्ब्ध हुनेछ ।

विश्वव्यापी रुपमा भने आउँदो जुलाईबाट सबैलाई उपल्ब्ध गराउने जनाइएको छ । चिनियाँ बजारमा कम्पनीले यो खालको उल्लेख्य उपलिब्ध हात पारे पनि वास्तविक परीक्षा भने आउँदो जुलाईबाट सुरु हुनेछ ।

जुलाईमा सबै प्रयोगकर्तालई उक्त ओएस उपलब्ध हुँदा प्रयोगकर्ताले त्यसलाई कसरी प्रयोगमा ल्याउँछन भन्ने कुराले हार्मोनी ओएसको भविष्य निर्धारण हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१