close

युरो कपसँगै अब कोपा अमेरिकाका खेल पनि डिशहोममा हेर्न पाइने

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १६:४१

युरो कपसँगै अब कोपा अमेरिकाका खेल पनि डिशहोममा हेर्न पाइने

काठमाडौं । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले अब कोपा अमेरिकाको पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यसअघि आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहेको डिशहोमले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।

साेमबारदेखि सुरु भएको कोपा अमेरिकामा विश्व फुटबलमा ब्राजिल, अर्जेनटिना, चिलीजस्ता दक्षिण अमेरिकी १० देशहरु सहभागी छन् ।

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेल डिशहोमको रियालिटी टिभि तथा एक्सन स्पोर्टस् एचडीमा प्रयोगकर्ताले खेल हेर्न सक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१