close

सस्तो र आकर्षक फिचरसहित नेपाली बजारमा नोकिया जी२० र जी१० सार्वजनिक

टेकपाना टेकपाना

असार ३, २०७८ २१:५६

सस्तो र आकर्षक फिचरसहित नेपाली बजारमा नोकिया जी२० र जी१० सार्वजनिक

काठमाडौं । नेपाली बजारमा ‘नोकिया जी२०’ र ‘नोकिया जी१०’ सार्वजनिक भएको छ । तीन दिनको ब्याट्री लाइफको साथ किफायती मूल्यमा यी फोन बजारमा ल्याएको कम्पनीले जनाएकाे छ ।

६.५२ इन्चको आईपीएस डिस्प्ले रहेको जी२० एन्ड्रोइड ११ अपरेटिङ सिस्टमबाट सञ्चालित छ । यसमा ४८ मेगापिक्सेलकाे प्राइमेरी सेन्सर, ५ मेगापिक्सेलकाे अल्ट्रावाइड, २ मेगापिक्सेलकाे म्याक्राे र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेकाे छ ।

त्यस्तै सेल्फीका लागि ८ मेगापिक्सेलकाे क्यामेरा सेटअप छ । मिडियाटेक हेलियो जी३५ चिपसेट रहेकाे फाेनमा ५ हजार एमएएचको ब्याट्री दिइएकाे छ ।

अर्काे स्मार्टफाेन जी१० मा ६.५२ इन्चको आईपीएस डिस्प्ले छ । एन्ड्रोइड ११ र मिडियाटेक हेलियो जी२५ चिपसेटबाट सञ्चालित फाेनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । त्यस्तै फाेनमा ५ हजार एमएएचको ब्याट्री दिइएकाे छ ।

प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रवि कुँवरले यी फाेनमा २ वर्षको अपरेटिङ सिस्टम अपग्रेड गरिएकाे जानकारी दिए ।

नोकिया जी२० नाइट र ग्लेसियर गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । ४/६४ जीबीको भेरियन्ट नेपाली बजारमा २० हजार रूपैयाँमा उपलब्ध छ ।

त्यस्तै नोकिया जी१० नाइट र डस्क गरी दुई कलर अप्सनमा उपलब्ध छ । ४/६४ जीबीको भेरियन्ट नेपाली बजारमा १७ हजार रूपैयाँमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१