close

नेपाली बजारमा ‘रेड्मी नोट १० एस’ सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार ४, २०७८ १२:५३

नेपाली बजारमा ‘रेड्मी नोट १० एस’ सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी नोट १० एस सार्वजनिक गरेको छ । नोट १० सिरिज अन्तर्गत शुक्रबार कम्पनीले नयाँ मिडरेञ्ज स्मार्टफोन नेपाली प्रयोगकर्ताका लागि भित्र्याएको हो ।

यो फोनमा ६.४३ इन्चको एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड ११ मा चल्ने यो फोन मिडियाटेक हेलियो जी९५ चिपसेटले सञ्चालित छ ।

फोनको पछाडि चार वटा क्यामेरा सेटअप छ, जसअन्तर्गत ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । त्यस्तै १३ मेगापिक्सेलकाे सेल्फी क्यामेरा छ ।

फोनमा रहेको ५ हजार एमएएचको ब्याट्रीका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।

नेपाली बजारमा ६/६४ जीबी भेरियन्टकाे मूल्य २४,९९९ रूपैयाँ र र ६/१२८ जीबी भेरियन्टकाे मूल्य २६,९९९ रूपैयाँ रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१