२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

गुगलसँग मिलेर विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो

jio-phone-next-techpana

काठमाडौं । भारतीय टेलिकम कम्पनी जियो र गुगलको सहकार्यमा विश्वकै सस्ताे स्मार्टाफोन सार्वजनिक हुने भएको छ । चिनियाँ स्मार्टफोन ब्राण्डलाई चुनाैती दिने योजनाका साथ जियोले हालसम्मकै सस्ताे मूल्यमा बजारमा स्मार्टफोन ल्याउन लागेकाे हाे ।

पछिल्लो समय भारतमा स्मार्टफोन बोक्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी चिनियाँ ब्राण्डले सस्ताे मूल्यमा स्मार्टफाेन विस्तार गरिरहेका छन् । तर, अब भने जियोले चिनियाँ कम्पनीलाई समेत असर गर्ने गरी सस्तो स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

कम्पनीले ‘जियो फोन नेक्स्ट’ को रुपमा यो फोन सार्वजनिक गर्नेछ, जुन विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन हुने दाबी गरिएको छ । प्रविधिको हिसाबले उत्कृष्ट फिचरका साथ सस्तो मूल्यमा स्मार्टफोन भित्र्याउन कम्पनीले गुगलसँग सहकार्य गरेको छ ।

यो फोनमा कस्ता फिचर रहने छन् भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएकाे छैन । तर, पनि फोनमा स्मार्ट क्यामेरा, भ्वाइस असिस्टेन्ट, ट्रान्सलेसन लगायतका फिचर हुने जनाइएकाे छ । त्यस्तै एन्ड्रोइडको मोडिफाइड भसर्न प्रयोग गरिने फाेनमा गुगलका सम्पूर्ण लाेकप्रिय एप उपलब्ध हुनेछन् ।

यो फोन सन् २०२१ काे अन्त्यसम्म भारतीय बजारमा सार्वजनकि गरिने जनाइएको छ । बजारमा यसकाे मूल्य बढीमा १९ सय भारू पर्ने जनाइएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team