close

कम्युनिटी बनाएर अब अनलाइनमै सिक्न र सिकाउन सकिने, यस्तो छ स्कलर्स स्पेसको नयाँ फिचर

टेकपाना टेकपाना

असार २१, २०७८ १४:४२

कम्युनिटी बनाएर अब अनलाइनमै सिक्न र सिकाउन सकिने, यस्तो छ स्कलर्स स्पेसको नयाँ फिचर

काठमाडौं । भौतिक शिक्षालाई डिजिटल सामुदायिक शिक्षाको रुप दिने उद्देश्यका साथ सञ्चालन भएको स्कलर्स स्पेसले नयाँ फिचर ल्याएकाे छ । यसअन्तर्गत कम्युनिटी बनाएर अनलाइनमै सिक्न र सिकाउन सकिने गरी कम्पनीले ‘स्पेस’ नामक याँ फिचर ल्याएको हाे ।

लर्निङ नेटवर्कका रुपमा स्थापित भइरहेकाे स्कलर्स स्पेसले सिकाइका लागि सामाजिक सञ्जाल भन्ने मर्मअनुरूप याे फिचर ल्याएको जनाएकाे छ । ‘स्पेस यस्तो ‘बाउन्डेड’ समुदाय हो, जहाँ जोकोहीले व्यक्तिगत रुचिअनुसार आफ्नो सदस्यता कायम गर्न सक्छन् । यसबाट व्यक्तिहरुले आफ्नो सिकाइ, विचार र प्रश्न राख्न सक्छन्,’ कम्पनीका सीईओ रोहित सेन्चुरीले भने ।

सामाजिक सञ्जालका ग्रुपभन्दा किन विशेष छ ?
अन्य सामाजिक सञ्जालमा सिकाइका लागि बनेका ग्रुप पाउन कठिन भएकाले यसको प्रत्यक्ष समाधान गर्न ‘स्पेस’ फिचर ल्याइएकाे सेन्चुरीले जनाए ।

स्पेसलाई प्रोफ़ेसनल ब्राण्डिङ्गका लागि सजिलै उपयोग गर्न सकिन्छ । उस्तै विचार, चासो र निश्चित विषयमा सरोकार राख्ने व्यक्तिहरुको समुदाय खोज्ने झन्झट र लामो प्रक्रियालाई स्पेस फिचरले चिर्न सक्छ,’ उनले भने ।

स्पेसमा के के गर्न सकिन्छ ?
याे फिचरअन्तर्गत आफ्नै स्पेस बनाएर वा अन्य व्यक्तिले बनाएकाे स्पेसमा मत राख्दै अन्तर्क्रिया गर्न सकिन्छ । सरल भाषामा विचार विमर्श, जिज्ञासा, प्रश्न, सुझावहरु राख्न सकिने र सम्बन्धित विषयमा अरुले पुनः कुराकानी गर्न सक्छन् ।

कम्पनीका अनुसार स्पेसमार्फत विभिन्न क्षेत्रका मेन्टर र दक्षता प्राप्त व्यक्तिसँग सजिलै जोडिन सकिन्छ । त्यस्तै रूचि अनुसारका डिजिटल सिकाई छान्न पाउने अवसर पनि दिइएकाे छ।

प्रतिस्पर्धात्मकभन्दा पनि सहकार्य गरेर सिक्ने र सिकाउने संस्कृतिकाे विकास गर्न याे फिचरले सहयाेग पुर्‍याउने विश्वास कम्पनीले राखेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३