close

ईसेवाबाट अब जुनसुकै बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

असार २२, २०७८ १६:२६

ईसेवाबाट अब जुनसुकै बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडाैं । भुक्तानी सेवाप्रदायक ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता नि:शुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि असार मसान्तसम्म लागू हुनेछ । यो अवधिमा ईसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताए ।

उनले भने, ‘ईसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ । अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले बैंकको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ । अर्कोतर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा थोरै भएपनि लाभ होस् भन्ने उदेश्यले हामीले निःशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौं ।’

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेकाे छ । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३