close

ईसेवाबाट गरिने सम्पूर्ण बैंक ट्रान्सफर निःशुल्क

टेकपाना टेकपाना

असार २७, २०७८ १०:३४

ईसेवाबाट गरिने सम्पूर्ण बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं । ईसेवाले आफ्नो प्लेटफर्ममा बैंकमा ट्रान्सफर सेवालाई निःशुल्क गरेको छ । नेपालको सबैभन्दा ठूलो र लोकप्रिय भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले असार मसान्तसम्मका लागि सबै बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने बनाएको हो ।

आर्थिक वर्षको अन्त्यसँगै कतिपय राजस्व भुक्तानी तथा किस्ता रकम चुक्ता गर्नुपर्ने म्याद सकिँदैछ । यसलाई सहजीकरण गर्न ईसेवाले बैंक ट्रान्सफर निःशुल्क गरेको हो ।

टेकपानासँगको कुराकानीमा ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले नेपाल राष्ट्र बैंकको नियमअनुसार निश्चित सीमाभित्र रहेर वालेटबाट गरिने सम्पूर्ण रकम ट्रान्सफर निःशुल्क गरिएको बताए ।

‘असार मसान्तसम्म ईसेवामा जोडिएका कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क लाग्ने छैन,’ उनले भने, ‘साउन १ पछि भने नियमित शुल्क लागु हुनेछ ।‘

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३