close

नबिल बैंकको ३७औं वार्षिकोत्सवमा ग्राहकलाई विशेष छुट

टेकपाना टेकपाना

असार २८, २०७८ १९:१

नबिल बैंकको ३७औं वार्षिकोत्सवमा ग्राहकलाई विशेष छुट

काठमाडौं । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज घाेषणा गरेकाे छ ।

यसअन्तर्गत बैंकले साेमबारदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

याे अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकले खाता खोली अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएकाे छ ।

नबिल बैंकले हाल १३५ शाखा, १८३ एटीएम बुथ र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३