close

इन्टरनेट स्पिडमा जापानको विश्व रेकर्ड, ३१९ टीबीपीएसमा डेटा ट्रान्सफर

टेकपाना टेकपाना

असार ३१, २०७८ १९:२१

इन्टरनेट स्पिडमा जापानको विश्व रेकर्ड, ३१९ टीबीपीएसमा डेटा ट्रान्सफर

काठमाडौं । इन्टरनेटमा नयाँ रेकर्ड कायम भएको छ । जापानका अनुसन्धानकर्मीले अहिलेसम्मकै द्रुत गतिको इन्टरनेटको परीक्षणमा सफलता हात पारेका छन् । हालसम्मकै उच्च ३१९ टेराबाइट प्रतिसेकण्डको गतिमा डेटा ट्रान्सफर गर्न उनीहरू सफल भएका हुन् ।

अप्टिकल फाइबर कम्युनिकेशनसँग सम्बन्धित अन्तर्राष्ट्रिय कन्फ्रेन्समा उनीहरुले उक्त उपलब्धिको रिसर्च पेपर प्रस्तुत गरेका छन् । जसमा अनुसन्धानर्मीले तीन हजार किलोमिटर दूरीको अप्टिकल फाइबरमा यो परिक्षण गरेको जनाइएको छ ।

यसले आगामी दिनमा इन्टरनेटको दुनियाँमा नयाँ आयाम ल्याउने दाबी गरिएकाे छ । याे अध्ययन नेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नाेलाेजीका अनुसन्धानकर्मीले गरेका थिए ।

‘हामीले परीक्षणको क्रममा इन्टरनेट गति कति थियो भन्ने जानकारी लिन सकिएन । तर यसअघिको गति १७८ टेराबाइटभन्दा दाेब्बर हो । हामीले यसअघि नै सञ्चालनमा रहेको फाइबार नेटवर्कमा केही परिमार्जन गरी यो सफलता हात पार्न सफल भएको हौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१