close

भ्वाइस ट्वीट सार्वजनिक भएको एक वर्षपछि ट्वीटरले ल्यायाे क्याप्सन राख्ने फिचर

टेकपाना टेकपाना

साउन १, २०७८ १४:५०

भ्वाइस ट्वीट सार्वजनिक भएको एक वर्षपछि ट्वीटरले ल्यायाे क्याप्सन राख्ने फिचर

काठमाडौं । ट्वीटरले ‘भ्वाइस ट्वीट’ का लागि क्याप्सन राख्न सकिने फिचर उपलब्ध गराएको छ । सन् २०२० को जुन महिनाबाट भ्वाइस ट्वीट सुरु गरेको कम्पनीले एक वर्षपछि आएर त्यसमा क्याप्सन राख्न सकिने फिचर उपलब्ध गराएको हो ।

ट्वीटरले भ्वाइस ट्वीट सार्वजनिक गरेपनि धेरै प्रयोगकर्ताले क्याप्सन राख्न नपाउँदा प्रभावकारी नभएको भन्दै गुनासो गरेका थिए । प्रयोगकर्ताबाट निरन्तर रुपमा गुनासो पर्न थालेसँगै कम्पनीले क्याप्सन राख्न सकिने फिचर उपलब्ध गराएको हो ।

कम्पनीले सुरु गरेको भ्वाइस ट्वीट हाल आईओएसमा मात्रै उपलब्ध छ । विस्तारै यो फिचर एन्ड्रोइड र वेब भसर्नमा समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याप्सनको हकमा ट्वीटर आफैंले विभिन्न भाषामा क्याप्सन रनरेट गर्नेछ ।

जसमा अंग्रेजी, जापानी, स्पेनिस, पोर्चुगिज, टर्किस, अरबी, हिन्दी, फ्रेन्च, इन्डोनेसियन, कोरियन र इटालियन भाषा रहेका छन् । त्यसका लागि प्रयोगकर्ताले भ्वाइस ट्वीटको दायाँ साइडको माथि देखिने ‘सीसी’ मा क्लिक गरी हेर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१