close

नेपाल आउँदै भिभो भी २१, प्रि-बुकिङमा माउन्ट र एयरबड निःशुल्क

टेकपाना टेकपाना

साउन १, २०७८ १३:२०

नेपाल आउँदै भिभो भी २१, प्रि-बुकिङमा माउन्ट र एयरबड निःशुल्क

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुला गरेको छ ।  खरिद गर्न चाहनेहरूका लागि जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको प्रि बुकिङ गर्न सकिने भएको हो । 

कम्पनीका अनुसार अफलाइन स्टोर र खुद्रा बिक्रेताबाट अग्रिम बुकिङ गर्न सकिने छ । यो नयाँ पुस्ताको स्मार्टफोन बजारमा निकै प्रतीक्षा गरिएको डिभाइस हो । यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा विशेष मानिएको छ ।

अझ खासगरी कम प्रकाश भएको ठाउँमा सेल्फी खिच्नका लागि यो फोन अझ उपयुक्त ठानिएको छ । अग्रिम बुकिङ गर्न चाहने ग्राहकले दुई हजार रुपैयाँ सहित आफ्नो विस्तृत विवरण भरेर सुनिश्चित गर्नुपर्नेछ ।

उक्त विवरण सम्बन्धित बिक्रेता कहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले र बिक्रेताले आफ्नो साथमा राख्नेछन् । साथै भीबीए र विक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म भी २१ स्मार्टफोन बुकिङ गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स पाउने छन् । बुकिङपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ खरिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ । 

भिभो भी २१ नयाँ आएका स्मार्टफोन मध्येमा एउटा उत्कृष्ट मोबाइल हो । यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओआईएस (अप्टिकल इमेज स्टेबिलाइजेसन)  प्रविधि प्रयोग गरिएको छ । स्मार्टफोनका पारखीहरूले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्नेछन् ।

भिभो भी २१ मा स्लिक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएको छ । ७.२९ मिलिमिटर बनोट रहेको यो फोन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत छ । भिभो नेपालका मिस्टर मार्सले फोनमा रहेको अन्तर्राष्ट्रियस्तरको प्रविधि, उत्कृष्ट क्यामेरा र डिजाइनसहितको उत्पादनले आफूहरूलाई उत्साहित तुल्याएको बताए ।

‘अग्रिम बुकिङ्गको चरणमा आइपुग्दा आफ्ना ग्राहकहरूको मन जित्न र माया पाउन सफल हुने विश्वास लिएका छौं,’ उनले भने, ‘भी २१ शक्तिशाली र राम्रो ह्याण्डसेट भएका कारण यसले ग्राहकहरूको आधुनिक जीवन पद्धतिमा नयाँ आयाम ल्याउने विश्वास गरेका छौं ।’

कम्पनीले भिभो भी २१ फाइभजीको मूल्य भने सार्वजनिक गरेको छ । यसको मूल्य भारतमा करिब २८ हजार ५०० भारु रहेको आधारमा नेपालमा ४५ हजार रुपैयाँमाथि पर्ने अनुमान गर्न सकिन्छ । 

एन्ड्रोइड ११ मा आधारित यो फोन फोरजी र फाइभजी दुवै अप्सनका साथ बजारमा आएको छ । तर नेपालमा भने फाइभजी सुविधाको फोन नआउने बताइएको छ । यसको मूल्य भने करिब ३८ हजार हाराहारी हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१