close

बीमा समितिमा ढड्डा युगको अन्त्य, अब सफ्टवेयरबाट काम कारबाही

टेकपाना टेकपाना

साउन २, २०७८ १६:१९

बीमा समितिमा ढड्डा युगको अन्त्य, अब सफ्टवेयरबाट काम कारबाही

काठमाडौ । बीमा क्षेत्रकाे नियमनकारी निकाय बीमा समितिले नयाँ सभर्र र सफ्टवेयर प्रयेगमा ल्याएको छ । सूचना प्रविधिमार्फत् काम कारबाही गर्ने उद्देश्यका साथ समितिले इन्स्याेरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम सुरूवात गरेको हो ।

समग्र बीमा व्यवसायको तथ्याङ्क व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाका काम समयमै छिटो, छरितो रुपमा सम्पन्न गर्न याे प्रणाली सुरूवात गरिएकाे समितिले जनाएकाे छ ।

सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र नयाँ सफ्टवेयर जडान गरिएको समितिका आईटी प्रमुख मिलनराज नेपालीले बताए ।

समितिमा बीमा कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगातका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभई यस सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट दैनिक/मासिक/त्रैमासिक/वार्षिक रुपमा विवरणहरु पेश गर्न सक्नेछन् ।

सर्भर

बीमा समिति मातहतमा हाल २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी गरी जम्मा ४१ वटा कम्पनी रहेका छन् । त्यसका साथै सर्भेयर, अभिकर्ता लगायतका सरोकारवाला बीमा समितिको नियमनको दायराभित्र रहेको छ

‘बीमा समितिबाट हुने हरेक कामकारवाहीका लागि क्षमतावान मानव स्रोत, साधन र उपयुक्त प्रविधिको आवश्यकता हुने गर्दछ । यस सन्दर्भमा बीमा समितिले सूचना प्रविधिलाई उच्च प्राथमिकता दिएको छ,’ समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पाैडेलले भने, ‘ त्यसअनुरुप हाल बीमा समितिमा नयाँ सर्भर र नयाँ सफ्टवेयरको व्यवस्था गरिएकाे छ ।’

सफ्टवेयरमार्फत बीमा समितिले के के विवरण पाउँछ ?

१. कानून सम्बन्धी, उजुरी सम्बन्धी, नियमन सम्बन्धी, नीति विश्लेषण सम्बन्धी, परिपालन सम्बन्धी साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरु

. बीमा लेख तथा बीमाङ्की सम्बन्धी, अण्डर राइटिङ् सम्बन्धी, वित्तीय/लेखापरीक्षण सम्बन्धी, सूचना प्रविधि सम्बन्धी विवरणहरु

३. स्थलगत सुपरीवेक्षण सम्बन्धी, गैरस्थलगत सुपरीवेक्षण सम्बन्धी, कृषि तथा लघु बीमा सम्बन्धी, पुनर्बीमा सम्बन्धी विवरणहरु

४. इजाजत सम्बन्धी, बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी, व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विवरणहरु

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१