close

ट्रान्सेन्डका कार भिडिओ रेकर्डर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ३, २०७८ १४:५३

ट्रान्सेन्डका कार भिडिओ रेकर्डर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ट्रान्सेन्डका ड्याशक्याम अर्थात कार भिडिओ रेकर्डर नेपाली बजारमा भित्रिएका छन् । नागमणी इन्टरनेसनल प्रालिले सस्तो र उत्कृष्ट कार भिडिओ रेकर्डर नेपाल ल्याएको हो । सडकमा सवारी चलाउँदा सबैका लागि सुरक्षा निकै ठूलो चिन्ताको विषय हुने गर्दछ ।

त्यसैलाई मध्यनजर गर्दै नागमणीले कम प्रकाश भएको स्थानमा समेत उच्च गुणस्तरमा तस्वीर र भिडिओ रेकर्ड गर्न सक्ने हाइ सेन्सिटिभिटी इमेज सेन्सर युक्त ड्याशक्याम नेपाली बजारमा ल्याएको हो ।

जसमा ब्राइटनेस एडजस्ट गर्न सकिने डिस्प्ले, ब्युल्ट ईन ब्याट्री, सजिला बटन, इमर्जेन्सी रेकर्डिङ, हेडलाइट रिमाइन्डर र ड्राइभरलाई थकान लागेको अलर्ट दिने लगायतका आकर्षक फिचर समेत रहेका छन् ।

कति छ मूल्य ?

कम्पनीका अनुसार १०८० पिक्सेल रेजोलुसन युक्त ड्राइभ प्रो ११० कार भिडिओ रेकर्डरको मूल्य नेपाली बजारमा १९ हजार ३७५ रुपैयाँ राखिएको छ ।

त्यसैगरी १०८० पिक्सेल रेजोलुसन भएको ड्राइभ प्रो ५५० को मूल्य २८ हजार १२५ रुपैयाँ रहेको छ । जसमा माइक्रो एसडी, डुअल क्यामेरा, इन्फ्रारेड, वाई-फाई, कलर एलसीडी, जीपीएस लगायतका फिचर रहेका छन् । डुअल लेन्स भएका कारण यो ड्याशक्यामले ड्राइभर र यात्री दुवैका लागि अधिकतम सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । 

यसैगरी १०८० पिक्सेल रेजोलुसन भएको ड्राइभ प्रो २३० एममा समेत ३२ जीबी माइक्रो एसडी, कलर एलसीडी, वाईफाई, जीपीएस लगायतका फिचर रहेका छन् । यसको मूल्य २१ हजार ८७५ रुपैयाँ राखिएको छ ।

त्यस्तै नेपाल आएको अर्को ड्याशक्याम हो, ड्राइभ प्रो १० । यसमा पनि १०८० पिक्सेल रेजोलुसनका साथै हाइ सेन्सिटिभिटी इमेज सेन्सर, १४० डिग्री वाइड एंगल लेन्स, वाई-फाई कनेक्टिभिटी लगायतका फिचर छन् । यसको मूल्य भ्याट सहित १९ हजार ३७५ रुपैयँ रहेको छ ।

यदि तपाईं पनि ट्रान्सेन्डका ड्याशक्याम खरिद गर्न चाहुनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुनेछ । अनलाइन अर्डरमा कम्पनीले वारेन्टी सहित निःशुल्क डेलिभरी उपलब्ध गराउने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१