close

मेरो शेयरमा थपियो नयाँ फिचर

टेकपाना टेकपाना

साउन ४, २०७८ ९:२७

मेरो शेयरमा थपियो नयाँ फिचर

काठमाडौं । मेरो शेयरमा नयाँ फिचर थपिएको छ । सरकारले नयाँ आव २०७८/७९ बाट नयाँ पुँजीगत लाभकर लागू गरेपछि मेरो शेयर प्रणालीमा नयाँ फिचर थपिएको हो । यसअन्तर्गत केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले ‘मेरो शेयर’ मा ‘माई होल्डिङ्स’ नामको फिचर थपेको छ ।

लगानीकर्तालाइ शेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि मेराे शेयरमा शेयर अवधि गणना गर्ने याे फिचर थप भएकाे हाे । आफूले बिक्रि गरेको शेयर कुन अवधिकाे हाे, यकिन गरी ट्रान्सफर गर्न’My Purchase Source मा My Holdings’ भन्ने अप्सन थपिएकाे सीडीएससीले जनाएकाे छ ।

लगानीकर्ताले याे फिचरबाट आफूले किनेको शेयर कति समय होल्ड गरेँ भन्ने कुरा सहजै थाहा हुने बताइएकाे छ । आइतबार साँझ ७ बजेदेखि सीडीएससीले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप भएकाे जानकारी दिएकाे छ ।

नयाँ पुँजीगत लाभकरअनुसार लगानीकर्ताले एक वर्षभन्दा कम समयमा शेयर बेचे ७.५ प्रतिशत लाभकर र १ वर्षभन्दा बढी होल्ड गरे ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१