close

खतरनाक ‘स्पाइवेयर’ पेगाससको कम्पनी एनएसओ ग्रुपमाथि अमेजनको प्रतिबन्ध

टेकपाना टेकपाना

साउन ५, २०७८ ६:४२

खतरनाक ‘स्पाइवेयर’ पेगाससको कम्पनी एनएसओ ग्रुपमाथि अमेजनको प्रतिबन्ध

काठमाडौं । अमेजन वेब सर्भिसेज (एडब्लूएस) ले खतरनाक पेगासस स्पाइवेयर प्रोग्राम बनाउने कम्पनी एनएसओ ग्रुपमाथि प्रतिबन्ध लगाएको छ । भाइसका अनुसार यो प्रतिबन्ध स्वाइपिङ रिपोर्ट बाहिर आएको एकदिन पछि अर्थात सोमबार बिहान लगाइएको हो ।

विशेष रुपमा पेगासस स्पाइवेयर मानव अधिकारवादी र पत्रकारहरुप्रति लक्षित रहेको पाइएको छ । एम्नेस्टी इन्टरनेसनलले पेगासस माथि गरेको छानबिन प्रतिवेदनले पेगाससको टुलको फोनमाथिको कम्प्रोमाइज्ड टार्गेट तथा डेटा एडब्लुएस र अमेजन क्लाउड फ्रन्ट जस्ता व्यवसायिक सेवामार्फत राउट भएको बताएको छ ।

भाइसले यसअघि सन् २०२० मा प्रकाशित गरेको रिपोर्टमा समेत पेगासस स्पाइवेयर विकास गर्ने कम्पनी एनएसओ ग्रुपले अमेजन सर्भिस प्रयोग गरिरहेको उल्लेख गरेको थियो । एम्नेस्टी इन्टरनेसनलले एनएसओ ग्रुप अमेजनसँग जोडिएको र कम्पनीले प्रतिक्रिया स्वरुप ग्रुपमाथि प्रतिबन्ध लगाइसकेको उल्लेख गरेको छ ।

‘जब हामीले यस किसिमको गतिविधिको विषयमा जानकारी पायौं, तत्कालै सम्बन्धित पूर्वाधार र अकाउन्ट बन्द गरेका छौं,’ अमेजन वेब सर्भिसेजका प्रवक्ताले द भर्जसँगको कुराकानीमा बताएको उल्लेख छ ।

त्यसो त एनएसओ ग्रुपले प्रयोग गरेको सेवा एडब्लूएस मात्र थिएन । एम्नेस्टीको रिपोर्टले उक्त ग्रुप डिजिटल ओसियन र लिनोड जस्ता अन्य थुप्रै कम्पनीसँग समेत जोडिएको खुलासा गरेको छ ।

अमेरिकी होस्टिङ कम्पनीद्धारा सञ्चालित युरोपियन डेटा सेन्टरमा एनएसओको सर्भर राखिएको आरोप छ । प्रकाशित रिपोर्टहरू अनुसार एनएसओले विद्वेषपूर्ण सबडोमेन तथा सुरक्षा कमजोरी दुरुपयोग गर्दै पेगासस माल्वेर आईम्यासेज, ह्वाट्सएप जस्ता सेवामा प्रवेश गर्ने गरेको छ ।

एक पटक पेगाससले फोनमा प्रवेश पाइसकेपछि यसले फोनबाट डेटा संकलन गर्ने तथा क्यामेरा र माइक्रोफोन सक्रिय तुल्याएर निगरानी राख्ने गरेको छ । तर एनएसओले पेगासस अपराधी तथा साइबरअपराधीहरूथाि निगरानी राख्ने औजार भएको बताउँदै आएको छ ।

तर हालै प्रकाशित रिपोर्टले विभिन्न सरकारले राजनीतिक व्यक्तित्व, फरक मत राख्ने व्यक्तिहरू र पत्रकार विरुद्ध अन्धाधुन्ध रुपमा प्रयोग भइरहेको सार्वजनिक गरेका छन् ।

यसबाट न्युयोर्क टाइम्स र एसोसिएटेड प्रेसका पत्रकारहरूका ३७ वटा फोन समेत निशानामा परेका थिए । यसका साथै साउदीका पत्रकार जमाल खसोगीसँग नजिक रहेका दुई जना महिलालाई समेत लक्षित गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५