close

नेपाली बजारमा स्काईवर्थको आधुनिक वासिङ मसिन सार्वजनिक, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

साउन ५, २०७८ १२:२७

नेपाली बजारमा स्काईवर्थको आधुनिक वासिङ मसिन सार्वजनिक, यस्ता छन् मुख्य फिचर

काठमाडौं । स्काईवर्थको नेपालका लागि आधिकारिक बिक्रेता के एल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अपलायन्सेस प्रालिले इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरयुक्त ‘सेभेन स्टार प्रो वाश टेक्नोलोजी’ वासिङ मसिन सार्वजनिक गरेको छ । तीन मोडलमा भित्रिएको उक्त वासिङ मसिन ८ केजी र ९ केजी क्षमताका साथ बजार उपलब्ध भएको छ ।

जसमा विभिन्न प्रोग्रामअनुसार सात मोसनका साथ कपडा सफा बनाउनुको साथै लुगालाई सुरक्षित राख्न समेत मद्धत गर्ने कम्पनीकाे भनाइ छ ।कम्पनीका अनुसार वासिङ मसिनमा इन्भटरयुक्त डाइरेक्ट ड्राइभ मोटर प्रयोग गरिएको छ । उक्त मोटरमा १० वर्षको वारेन्टी प्रदान गरिएको छ ।

‘यस्ता विभिन्न सुविधायुक्त वासिङ मसिनले प्रयोगकर्ताको जीवनलाई सहजता प्रदान गर्नेछ,’ स्मार्ट अप्लायन्सका नेश्नल सेल्स प्रमुख भास्कार मुनानकर्मीले भने ‘मोटरमा उपलब्ध १० वर्ष वारेन्टीले प्रयोगकर्तालाई अझ सुरक्षित महसुुस गराउने छ ।’

कम्पनीका अनुसार वासिङ मसिनमा फल, स्कर्किङ, थ्रिडी पस्पेक्टिभ, लाइट स्विङ, स्क्रिविङ, लाइन निडिङ, प्लफ जस्ता सात मोसन रहेका छन् । जसको सहयोगले लुगालाई आवश्यक स्पेस प्रदान गर्दै सुरक्षित रुपमा कपडा धुने जनाइएको छ । साथै, यसले उपलब्ध गराउने विभिन्न गतिले कपडामा रहेका सबै फोहोर हटाउन सहयोग पुर्‍याउने जनाइएकाे छ ।

कम्पनीका अनुसार इन्भर्टर डाइरेक्ट ड्राइभ मोटर सिधै ड्रममा जोडिएको छ । जसले गर्दाे कम आवाज आउनुका साथै विद्युत खपतसमेत कम गर्नेछ ।

८ र ९ केजी क्षमतामा उपलब्ध याे वासिङ मसिन ३ माेडलमा उपलब्ध छ, यसअन्तर्गत F8012GRD, F8014GRD र F9014GRD रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५