close

ग्यापुमा आजदेखि ‘जी-क्यास’ कमाउँदै निःशुल्क शपिङ गर्न सकिने

टेकपाना टेकपाना

साउन १७, २०७८ १२:६

ग्यापुमा आजदेखि ‘जी-क्यास’ कमाउँदै निःशुल्क शपिङ गर्न सकिने

काठमाडौं । नेपाली अनलाइन शपिङ साइट ग्यापुले केहि समय अगाडि सार्वजनिक गरेको ‘जी-क्यास’ प्रयोग गरेर आइतबारदेखि नि:शुल्क शपिङ गर्न सकिने भएको छ ।

ग्यापु मोबाइलको एप ‘रिफर एण्ड अर्न’ अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जी-क्यास संकलन गरेर सो बराबर सामानहरु नि:शुल्क खरिद गर्न सक्ने ग्यापु मार्केटप्लेसका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले बताए ।

जी-क्यास कमाउनका लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकहरुले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरे वापत आफ्नो पहिलो खरिदमा छुट साथै विभिन्न रिर्वाडहरु पाउनसक्ने खड्काले बताए ।

ग्यापु एपमा दर्ता भएका जोसुकै ग्राहकले पनि यो अफरमा सहभागी हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर गरेपछि त्यसलाई भेरिफाई गर्न सकिन्छ ।

आफ्नो अकाउन्ट ईमेल अथवा माेबाइल नम्बरबाट भेरिफाई भइसकेपछि ग्राहकले आफ्ना साथीहरुलाई ग्यापु एप रिफर गरेर जी-क्यास कमाउन सक्नेछन् ।

जी-क्यास ग्यापुले आफ्ना ग्राहकहरुका लागि ल्याएको क्यास रिवार्ड अफर हो, जुन ग्यापुबाट सामानहररु खरिद गर्ने बेलामा मात्र प्रयोग गर्न सकिनेछ ।

ग्यापु एप डाउनलोड गर्ने वित्तिकै ग्राहकले आफ्नो खातामा रु. ५० को जी-क्यास प्राप्त गर्नसक्नेछन् भने मोबाइल भेरिफाई गरिसकेपछि थप रु. ५० पनि प्राप्त गर्नेछन्, हरेक ग्राहकले यसरी आफुले ग्यापु मोबाइल एप डाउनलोड गर्दा रु. १०० बोनस प्राप्त गर्न सक्नेछन ।

त्यसैगरी प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप रु. ५० प्राप्त गर्नेछन् । जति धेरै रिफर गर्न सक्यो, त्यति नै धेरै जी-क्यास प्राप्त हुनेछ । ग्यापु रिफर लिंक ह्वाट्एप, मेसेन्जर, भाइबरलगायत सामाजिक सञ्जालमार्फत शेयर गर्न सकिनेछ ।

रिफरमार्फत डाउनलोड गरिएको ग्यापु अकाउन्टको जी-क्यासमा रु. १०० व्यालेन्स हुनेछ भने सोही लिंक रिफर गर्दा थप रु. २० को ब्यालेन्स अकाउन्टमा जम्मा हुनेछ । रिफर गरेको साथीले ग्यापु एप डाउनलोड गरेर आफ्नो मोबाइल र ईमेल अकाउन्ट भेरिफाई गरेपछि मात्र त्यो रिफर गरेको मान्य हुनेछ ।

आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘रिफर एण्ड अर्न’ अफरको सुरुवात गरेको थियो ।

त्यस्तै निषेधाज्ञाको समयमा घर-घरमा निःशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेमध्ये एक जनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१