close

भायानेटको अल्ट्राबुस्ट प्याकेज, ३९ रुपैयाँ थप्दा १०० एमबीपीएसमा इन्टरनेट चलाउन पाइने

टेकपाना टेकपाना

साउन २६, २०७८ १६:३२

भायानेटको अल्ट्राबुस्ट प्याकेज, ३९ रुपैयाँ थप्दा १०० एमबीपीएसमा इन्टरनेट चलाउन पाइने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले आकर्षक इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले थप ३९ रुपैयाँमै १०० एमबीपीएस इन्टरनेट सेवा प्रयोग गर्न सकिने गरी अल्ट्राबुस्ट प्याकेज ल्याएको हो ।

कम्पनीका विद्यमान ग्राहकले १०० एमबीपीएसको अल्ट्राबुस्ट इन्टरनेट सेवा प्रयोग गर्न सकिनेगरी विभिन्न विकल्प रोज्न सक्नेछन् । जसअनुसार ३९ रुपैयाँमा (भ्याट तथा दूरसञ्चार सेवा शुल्क सहित ५० रुपैयाँ) मा पाँच जीबी, १५५ रुपैयाँ (कर सहित १९८ रुपैयाँ) मा २५ जीबी र ६०० रुपैयाँ (कर सहित  ७६६ रुपैयाँ) मा १०० जीबी डेटा खरिद गर्न सक्नेछन् ।

यसका लागि अग्रिम रुपमा रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी खरिद गरेको अल्ट्राबुस्ट डेटा खपत नभएसम्म १०० एमबीपीएसको गति प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भायानेटको सेवा लिएका सक्रिय ग्राहकले मात्रै यो सुविधा प्राप्त गर्नेछन् ।

१०० एमबीपीएस गतिको स्पिड डाउनलोड स्पिडको रुपमा मात्रै प्राप्त हुने भन्दै कम्पनीले स्पिड र लेटेन्सी आफ्नो तारयुक्त सम्पर्क रहेको ब्याकबोन तथा एक्सेस  नेटवर्कमा मात्रै यसको सुनिश्चितता हुनेछ । अल्ट्राबुस्ट डेटा विद्यमान प्याकेज सकिएपछि पनि कायम रहने बताइएको छ ।

कसरी लिने ?

यो सुविधा प्रयोग गर्न भायानेटका ग्राहकले यहाँ क्लिक गरी कम्पनीको एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमा गएर ‘इन्टरनेट’ आइकनमा क्लिक गरी कुन अल्ट्राबुस्ट प्याकेज लिन चाहनुहुन्छ, त्यसमा जानुहोस् ।

यति गरेसँगै त्यहाँ तपाईंले छनौट गरेको सेवाको विस्तृत विवरण देखिनेछ । त्यसैमा तपाईंले अल्ट्राबुस्ट डेटामोड पनि देख्न सक्नुहुन्छ । साथै अल्ट्राबुस्ट प्याकेजको बाँकी रहेको डेटा हेर्न सकिनुका साथै यो मोड अन र अफ गर्ने टोगल बटनको विकल्प समेत छ ।

ग्राहक स्वयंम्‌ले अल्ट्राबुस्ट मोड अफ नगरेसम्म यो प्याकेजको डेटा प्रयोग भइरहन्छ । सँगै तपाईंले अल्ट्राबुस्ट डेटा खरिद गर्ने बटन पनि देख्न सक्नुहुन्छ ।

उक्त बटनमा क्लिक गरी अल्ट्राबुस्ट डेटा प्याकेज खरिद गर्न अगाडि बढ्नुहोस् । मोबाइल एप बाहेक कम्पनीको वेबपोर्टलबाट समेत अल्ट्राबुस्ट डेटा खरिद तथा प्रयोग गर्न सकिन्छ । जसका लागि यहाँ क्लिक गरी कम्पनीको वेबसाइटमा जानुहोस् र लगईन गर्नुहोस् ।

अब त्यहाँ देखिएको इन्टरनेट आइकनमा क्लिक गर्नुहोस् । जहाँ तपाईंले प्रयोग गरिरहेको इन्टरनेट सेवाको बारेमा जानकारी देखिन्छ । त्यसभित्र केही तल रहेको ‘अल्ट्राबुस्ट’ मेनुमा जानुहोस् र ‘बाई’ बटनमा थिचेर आफूलाई आवश्यक डेटा खरिद गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३