ट्रेन्डिङ:
फाइभजी सपोर्टसहित बहुप्रतिक्षित नोभा ९ सिरिज सार्वजनिक गर्दै ह्वावे ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान सार्वजनिक, डेटा र भ्वाइसमा विशेष छुट धनगढीका रिक्सामा क्यूआर भुक्तानी सेवा भारतमा कल गर्न एनसेलले ल्यायो सस्तो प्याक जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका आउँदो सेप्टेम्बरमा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज यी २२ वर्षे युवा, जो आफ्नै सेल्फी फोटो बेचेर रातारात करोडपति बने युट्युव भिडिओ डाउनलोड गर्ने सुविधा अब डेस्कटपमा पनि यस्तो छ नेपाल प्रहरीले आविष्कार गरेको रिपिटर
close

फाइभजी सपोर्टसहित बहुप्रतिक्षित नोभा ९ सिरिज सार्वजनिक गर्दै ह्वावे

टेकपाना टेकपाना

भदौ २, २०७८

फाइभजी सपोर्टसहित बहुप्रतिक्षित नोभा ९ सिरिज सार्वजनिक गर्दै ह्वावे

काठमाडौं । ९ महिनाअघि नोभा ८ र नोभा ८ प्रो सार्वजनिक गरेको ह्वावे नोभा ९ सिरिज सार्वजनिक गर्ने तयारीमा छ ।

चिनियाँ बजारमा अहिले चलिरहेको नयाँ हल्लाको विश्वास गर्ने हो भने ह्वावेले नोभा ९ सिरिज आउँदो सेम्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको हाे ।

अनर ५० सिरिजको तुलनामा नोभा ९ को लुक्स, डिजाइन र कलर राम्रो हुने बताइए पनि प्रोसेसरको कुरामा अनर ५० भन्दा राम्रो नहुने अनुमान गरिएको छ ।

अनर ५० मा स्न्यापड्रागन ७७८ जी चिपसेट राखिएको छ भने नोभा ८ र ८ प्रोमा किरिन ९८५ राखिएको छ ।

नोभा ९ मा कुन चिपसेट प्रयोग हुन्छ भन्ने विषयमा केही कुरा बाहिरिएको त छैन । तर नोभा ८ को हिसाबले हेर्ने हो भने नोभा ९ मा अनर सिरिजमा भन्दा राम्रो चिपसेट आउला भन्न सकिन्न ।

यद्यपि फाइभजीलाई सपोर्ट गर्ने हुदाँ नोभा ९ बजारमा लोकप्रिय भने हुनसक्छ । लिक भएकाे नोभा ९ को डिजाइन पी ५० सिरिज, नोभा ८ र मेट ५० को मिश्रण हुनेछ ।