close

अनेरास्ववियुको मोबाइल एप सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १५:१७

अनेरास्ववियुको मोबाइल एप सार्वजनिक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोबाइल एप सार्वजनिक गरेको छ । अनेरास्ववियुसँग सम्बन्धित सबै काम र गतिविधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिनेगरी एप निर्माण गरिएको हो ।

मोबाइल एपमा अनेरास्ववियुको विधान, गीत, झण्डा, प्रचार-प्रसारजनक सामाग्री, गतिविधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरे ।

कार्यक्रममा अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँ-गाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२