close

क्लासिक टेकले माग्यो ६६४ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

पुस ७, २०७८ २०:२१

क्लासिक टेकले माग्यो ६६४ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले कूल ६६४ जना कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले विभिन्न आठ ओटा पदमा यति ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार भर्ना गरिने नयाँ कर्मचारीलाई केन्द्रिय कार्यालय देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयमा खटाइनेछ । क्लासिक टेकले प्रकाशन गरेको पदपूर्ति सूचना अनुसार देशभरका लागि २८ ओटा ब्रान्च म्यानेजर, ८० ओटा फ्रन्ट डेस्क एसोसियट्स, २५० जना डोर टु डोर एसोसियट्स, २०० जना एफटीटीएच सेल्स एसोसियट्स (बाइक राइडर) र ६२ जना फाइबर सुपरभाइजर भर्ना गर्दैछ ।

यसैगरी काठमाडौंमा काम गर्न दुई जना एचआर म्यानेजर, दुई जना कर्पोरेट म्यानेजर र ४० जना कल सेन्टर एसोसियट्सका लागि समेत आवेदन मागिएको छ । सवारी चालक अनुमतिपत्र सहित आफ्नै दुई पाङ्ग्रे सवारीसाधन भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

फुल टाइम र पार्ट टाइम दुवै विकल्प रहेको क्लासिक टेकको रोजगारीका लागि तपाईं पनि इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो बायोडाटा पठाउन सक्नुहुनेछ । अनुभव भएकाहरूलाई ग्राहयता दिइने भन्दै कम्पनीले आवेदन दिँदा काम गर्न चाहेको पद र स्थान समेत खुलाउन अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२