ट्रेन्डिङ:
सीजीनेटले ल्यायो ‘स्प्रिड मोर, गेट मोर’ अफर सकियो वाइम्याक्सको अस्तित्व, फ्रिक्वेन्सी फिर्ता गर्दै टेलिकम टिकटकमा आफूलाई मनपर्ने भिडिओ मात्र हेर्ने तरिका फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका २ मिनेट कलको पैसा तिरेपछि स्मार्टमा अनलिमिटेड कुराकानी, यसरी प्रयोग गर्नुहोस् सेवा फागुन ७ देखि क्यान इन्फोटेक, यस्ता छन् मूख्य आकर्षण गुगल सर्भिस बिनै ६० दिनमा बिक्यो ७० लाख हुवावे मेट ३० नेपाली विद्यार्थीले बनाए १ युनिट बिजुलीमै १०० किमी गुड्ने विद्युतीय कार, विश्व प्रतिस्पर्धामा जाँदै पुस २ देखि राष्ट्रियस्तरको ह्याकथन प्रतिस्पर्धा, विजेताले डेढ लाख नगद पाउने एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि
close

सीजीनेटले ल्यायो ‘स्प्रिड मोर, गेट मोर’ अफर

टेकपाना टेकपाना

पुस २१, २०७८

सीजीनेटले ल्यायो ‘स्प्रिड मोर, गेट मोर’ अफर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सीजीनेटले ‘स्प्रिड मोर, गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् ।

त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।

सीजीनेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि कम्पनीले प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको जानकारी दिए ।

सीजीनेटले अघिल्लो हप्ता नै काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफूहरु सक्षम रहेको जानकारी दिएको थियो ।

९९९ रुपैयाँमै १२० एमबीपीएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा कमाएको सीजीनेटले हाल ६४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ ।

नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप तीन प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।