close

टिकटक च्यालेन्ज गर्दै भायानेट, उत्कृष्ट भिडिओले ५० हजार पाउने

टेकपाना टेकपाना

पुस २२, २०७८ १६:२२

टिकटक च्यालेन्ज गर्दै भायानेट, उत्कृष्ट भिडिओले ५० हजार पाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले ५० हजार पुरस्कार राशिसहितको ‘अल्ट्रा-फाई टिकटक च्यालेन्ज’ गर्ने भएको छ । केही समयअघि मात्रै कम्पनीले ल्याएको यो ‘अल्ट्रा-फाई प्याक प्रवर्द्धन गर्ने उद्देश्यले यो च्यालेन्ज गर्न लागिएको हो ।

अल्ट्रा फाई प्याक अन्तर्गत प्रयोगकर्ताले मासिक १२ सय ५० रुपैयाँमै १७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

टिकटक च्यालेन्जमा कुनै पनि उमेर समूहका टिकटक प्रयोगकर्ता सहभागी हुनसक्ने जनाइएको छ । प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडिओका साथमा भायानेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडिओ अपलोड गर्नुपर्ने छ ।

यो प्रतियोगिता आउँदो फेब्रुअरी २८ सम्म खुला रहने भायानेटले जनाएको छ ।

सहभागीहरूले आफ्नो क्याप्सनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडिओ पोस्ट गर्दा @vianetcommunication ट्याग गरेको हुनुपर्छ ।

सहभागीहरूले आफ्नो भिडिओ २७ फेब्रुअरी (फागुन १५) भित्र अपलोड गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५