close

बीएमडब्ल्यूको पछिल्लो सिटमा हुनेछ थिएटर स्क्रिन, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

पुस २४, २०७८ १९:४७

बीएमडब्ल्यूको पछिल्लो सिटमा हुनेछ थिएटर स्क्रिन, यस्ता छन् विशेषता

काठमाडौं । बीएमडब्ल्यूले आफ्नो कारको पछाडिका सिटमा बस्ने प्यासेन्जरको लागि लक्षित गर्दै थिएटर स्क्रिन राख्ने भएको छ । कम्पनीले आफ्नो आगामी कारको पछाडिको सिटमा हुने एटके रिज्योल्युसन भएको ३१ इन्चको स्क्रिन सार्वजनिक गरेको हो । 

अमेजनको यो टिभीलाई पछाडिको सिटमा बस्ने यात्रुले आफूले चाहे जसरी नियन्त्रण गर्न सक्छन् । अधिकांश कारमा अगाडिको सिटमा रहनेलाई मात्रै लक्षित गरी स्क्रिन राखिएका हुन्छन् । यो स्क्रिनले अगाडि रहेको इन्फोटेनमेन्ट सिस्टम जस्तै अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । आगामी कुन कारमा यो सुविधा हुन्छ भनेर कम्पनीले खुलाएको भने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५