ट्रेन्डिङ:
भुक्तानी शुल्क घटाउँदा पनि ३८ प्रतिशतले बढ्यो क्लियरिङ हाउसको खुद नाफा नेपाली बजारमा आकर्षक फिचरसहित ओप्पो ब्याण्ड स्टाइल सार्वजनिक एप्पललाई २४ हजारमै आईफोन ल्याउने अवसर भारतीय दूरसञ्चार बजारमा अदानी ग्रुपको प्रवेश जिमेल एपबाटै अब अडियो र भिडिओ कल गर्न पाइने यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका नेपाली बजारमा रियलमीको सस्तो फोन ‘सी२१ वाई’ सार्वजनिक हुँदै तपाईंको सिमकार्ड कसको नाममा दर्ता छ ? यसरी थाहा पाउनुहोस् भर्चुअल रुपमै आयोजना हुने भयो सूचना प्रविधिको विश्व महाकुम्भ सीईएस २०२१
close

भुक्तानी शुल्क घटाउँदा पनि ३८ प्रतिशतले बढ्यो क्लियरिङ हाउसको खुद नाफा

टेकपाना टेकपाना

पुस २८, २०७८

भुक्तानी शुल्क घटाउँदा पनि ३८ प्रतिशतले बढ्यो क्लियरिङ हाउसको खुद नाफा

काठमाडौं । नेपाल क्लियरिङ हाउसको खुद नाफा ३८ प्रतिशतले बढेको छ । कारोबार शुल्क घटाएको भए पनि कारोबार सङ्ख्या बढ्दा कम्पनीको नाफामा वृद्धि भएको हो । 

कम्पनीले बुधवार आफ्नो दसौँ वार्षिक साधारण सभा आयोजना गर्दै कम्पनीको चुक्ता पुँजी ४१ करोड १० लाखबाट बढाएर ५६ करोड ७६ लाख पुर्याउने निर्णय गरेको छ । कम्पनीले आफ्नो अधिकृत पुँजी पनि एक अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । 

कम्पनीको बढेको खुद मुनाफालाई सेयरको रूपमा वितरण गरी चुक्ता पुँजी बढाउने निर्णय भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार, थप प्रणालीको स्थापना, जोखिम व्यवस्थापन सुदृढीकरणका लागि पुँजी विस्तार गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैङ्कको १० प्रतिशत र बैङ्क तथा वित्तीय संस्थाहरूको ९० प्रतिशत स्वामित्व रहेको कम्पनीले एसीएचएल–ईसीसी, एनसीएचएल–आइएसपी र कनेक्ट आइपीएसलगायत भुक्तानी प्रणालीबाट गत आर्थिक वर्षमा कूल एक खर्ब ३० अर्ब ४३ करोड कारोबार गरेको थियो । गत आर्थिक वर्षमा ४ करोड ४८ लाख पटक कारोबार भएको तथ्याङ्क छ ।