close

ह्वावे प्रविधिका कारण चीनमा बढ्यो फाइभजी स्पिड र कभरेज

टेकपाना टेकपाना

माघ ९, २०७८ ११:२८

ह्वावे प्रविधिका कारण चीनमा बढ्यो फाइभजी स्पिड र कभरेज

काठमाडौं । हालै ह्वावेले गुवाङझाउ युनिकमसँगको सहकार्यमा फाइभजी सुपर अपलिंक ‘क्रस-साइट’ प्रविधि प्रयोगमा ल्याएको छ, जसले फाइभजी नेटवर्कको व्यवसायिक प्रयोगलाई व्यापक रुपमा बढाएको बताइएको छ ।

फाइभजी सुपर अपलिंक प्रविधिले इन्टरनेटको पर्फर्मेन्स दोब्बर गर्ने हुँदा यो प्रयोगकर्ताका लागि निकै प्रभावकारी भएको छ । हालसम्म चीनमा कुल तीन हजार फाइभजी सुपर अपलिंक साइट खुलेका छन् ।

गिजचाइनाले प्रकाशन गरेको एक लेखअनुसार फाइभजी सुपर अपलिंक ‘क्रस-साइट’ फ्लेक्जिबल पेयरिङ टेक्नोलोजीले टाइम डिभिजन डुप्लेक्स (टिडीडी) सेल र फ्रिक्वेन्सी डिभिजन डुपलेक्स (एफडीडी) सेललाई समन्वय गराएर फाइभजी नेटवर्कको कभरेज र पर्फर्मेन्स बढाउन सकिन्छ ।

सामान्य भाषामा बुझ्नुपर्दा यो प्रविधिले उच्च र कम ब्यान्डको समन्वय, समय र फ्रिक्वेन्सी-डोमेन एग्रिगेशन साथै मिलिसेकेन्ड स्तरको स्रोत समय तालिकाको प्रयोग गरेर नेटवर्क क्षमता अभिवृद्धि गर्ने काम गर्छ, जसले प्रयोगकर्ताको इन्टरनेट अनुभव सुधार गर्न मद्दत गर्छ ।

यसले गर्दा गुवाङझाङमा फाइभजीको ट्राफिक पनि करिब पाँच देखि १० प्रतिशतसम्म बढेको सो लेखमा उल्लेख छ ।

चीनमा फाइभजीको क्षमताको कुरा आउँदा गुवाङझाङ शीर्ष स्थानमा छ । यसले गर्दा यो क्षेत्रमा लाइभ प्रसारण, अनलाइन मिटिङ, अनलाइन कक्षा, हाई-डेफिनेसन फोटोहरू र ठूला फाइलहरूको अनलाइन आदानप्रदान लगायतका गतिविधि अधिक मात्रामा वृद्धि भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२