close

शेयर मूल्य घट्दा प्रविधिका हस्तीले गुमाए अर्बौ डलर, कसलाई कति घाटा ?

टेकपाना टेकपाना

माघ ९, २०७८ १३:१४

शेयर मूल्य घट्दा प्रविधिका हस्तीले गुमाए अर्बौ डलर, कसलाई कति घाटा ?

काठमाडौं । पछिल्लो साता विश्वका ठूला प्रविधि कम्पनीहरुको शेयर मूल्य घट्दा ठूला हस्तीहरूले अर्बौ डलर गुमाएका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार टेक कम्पनी टेस्लाको शेयर मूल्य घट्दा यसका संस्थापक एलन मस्कले २५.१ अर्ब डलर (२९ खर्ब ८८ अर्ब रुपैयाँ), अमेजनका संस्थापक जेफ बेजोसले २० अर्ब डलर (२३ खर्ब ८१ अर्ब रुपैयाँ), बाइनान्सका चाङपेङ झाओले १७.७ अर्ब डलर (२१ अर्ब ७ अर्ब रुपैयाँ) र मेटा (फेसबुक) का मार्क जुकरबर्गले १०.४ अर्ब डलर (१२ खर्ब ३८ अर्ब रुपैयाँ) गुमाएका छन् ।

गत साता प्रविधि क्षेत्रको शेयर मार्केटले कोरोना महामारीपछिको सबैभन्दा ठूलो घाटा व्यहोरेको छ । ठूला–ठूला कम्पनीहरुको शेयर मूल्य घटेको छ । पेलोटनको शेयर मूल्य उसको आईपीओको मूल्य भन्दा पनि कम भएको छ भने नेटफ्लिक्सले पछिल्लो एक दशकमा सबैभन्दा ठूलो शेयर मूल्य गिरावटको सामना गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२