close

रोनाल्डो बने इन्स्टाग्राममा ४० करोड फलोअर हुने पहिलो व्यक्ति

टेकपाना टेकपाना

माघ २४, २०७८ १३:४२

रोनाल्डो बने इन्स्टाग्राममा ४० करोड फलोअर हुने पहिलो व्यक्ति

काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा अर्को ठूलो रेकर्ड बनाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा ४० करोड फलोअर हुने उनी विश्वकै पहिलो व्यक्ति बन्न पुगेका छन् ।

केही दिनअघि मात्रै आफ्नो ३७औं जन्मदिन मनाएका रोनाल्डो लामो समयदेखि इन्स्टाग्राममा धेरै फलोअर भएका र इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने सेलिब्रिटीको सूचीको पहिलो नम्बरमा छन् ।

योभन्दा अगाडि गत वर्षको सेप्टेम्बर महिनामा पनि रोनाल्डो इन्स्टाग्राममा २३ करोड ७० लाख फलोअर भएको पहिलो व्यक्ति बनेका थिए ।

अहिलेसम्म रोनाल्डोले इन्स्टाग्राममा ३,२४२ वटा पोस्ट गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२