close

पठाओ प्रयोग गर्नुहुन्छ ? थाहा पाइराख्नुहोस् दुर्घटनामा पर्दा काम लाग्ने नम्बर

टेकपाना टेकपाना

माघ २८, २०७८ १७:९

पठाओ प्रयोग गर्नुहुन्छ ? थाहा पाइराख्नुहोस् दुर्घटनामा पर्दा काम लाग्ने नम्बर

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्ने गरी ‘पठाओ इन्स्योरेन्स हेल्पलाइन’ सुरु गरेको छ । दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पूर्ण सेवाग्राहीलाई सहजता प्रदान गर्ने गरी कम्पनीले यसको सुरुवात गरेको हो ।

हेल्पलाइनमा हप्ताको सातै दिन चौबीसै घण्टा यो सेवा उपलब्ध हुने पठाओ नेपालका मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धी विषयमा कुरा गर्न ०१–५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछि विभागीय विशेषज्ञले आवश्यक परामर्श लिन सकिने छ ।

नेपालमै पहिलोपटक ‘राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२