close

वनप्लस नर्ड सीई २ फाइभजी नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

फागुन २३, २०७८ ८:४९

वनप्लस नर्ड सीई २ फाइभजी नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी वनप्लसले नेपाली बजारमा वनप्लसको नयाँ सिरिज सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट वनप्लसले वन प्लस नर्ड २ फाइभजी फोन नेपाली बजारमा सार्वजनिक भएको जानकारी दिएको हो ।

एमटेक डाइमेन्सिटी ९०० फाइभजी प्रोसेसर भएको यस फोनमा ६.४ इन्च ओएलईडी डिस्प्ले छ । यस फोनमा दुई वटा सिमकार्ड राख्न मिल्छ ।

त्यस्तै ६४ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ भने ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा राखिएको छ । त्यस्तै सेल्फी पारखीका लागि अन्य विभिन्न फिचरसहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

एन्ड्रोइड भी ११ अपरेटिङ सिस्टमबाट चल्ने यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । ६५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने फाेनमा ४५०० एमएएचको ब्याट्री दिइएकाे छ । 

एक वर्ष निःशुल्क स्क्रिन ब्रेकिङ इन्स्योरेन्स, एक वर्ष ह्यान्डसेट र छ महिना चार्जर वारेन्टी पाइने फोनको मूल्य नेपाली बजारमा ४७ हजार ४९९ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२