close

नेपाली बजारमा सार्वजनिक हुँदै साओमी १२ सिरिज

टेकपाना टेकपाना

फागुन २७, २०७८ २३:२१

नेपाली बजारमा सार्वजनिक हुँदै साओमी १२ सिरिज

काठमाडौं । साओमीले आउँदो मंगलबार अर्थात् चैत १ मा विश्व बजारमा साओमी सिरिज उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले आफ्नो पछिल्लो फ्ल्यागशिप सिरिज चीन बाहिरका बजारमा विस्तार गर्न लागेको हो ।

गत डिसेम्बरको अन्त्यतिर साओमीले चिनियाँ बजारमा साओमी १२, साओमी १२ प्रो र साओम १२ एक्स ल्याएकाे थियो । विश्व बजारमा ‘मास्टर एभ्री सिन’ ट्यागसहित सार्वजनिक हुन लागेकाे साओमी १२ र साओमी १२ प्रोकाे तस्वीर हालै अनलाइनमा सार्वजनिक भएकाे छ ।

यी दुवै फाेन स्न्यापड्रागन ८ जेन १ सहित उपलब्ध हुने जनाइएकाे छ । मियूआई १३ मा आधारित एन्ड्रोइड १२ मा चल्ने फोनमा १२० हर्ज एमोलेड डिस्प्ले, ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा लगायतका विशेषता छन् ।

साथै यी स्मार्टफोन मोडल विभिन्न तीन रंगमा उपलब्ध हुने बताइएको छ । नेपाली बजारमा मार्चकाे अन्त्यतिर याे सिरिज सार्वजनिक हुने चर्चा छ ।

नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ देखि सुरू हुने साओमी १२ सिरिजकाे लञ्च इभेन्ट यहाँ क्लिक गरी हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२