close

पोर्न साइटजस्तै नेपालमा अब क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइट पनि नचल्ने 

टेकपाना टेकपाना

चैत १, २०७८ १४:८

पोर्न साइटजस्तै नेपालमा अब क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइट पनि नचल्ने 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले सोमबार विभिन्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई पत्राचार गर्दै त्यस्ता साइटहरूमाथि रोक लगाउन निर्देशन दिएको हो ।

यसअघि अर्थ मन्त्रालयको आग्रहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत फागुन १ गतेको पत्रमार्फत प्राधिकरणलाई त्यस्ता वेबसाइट तथा मोबाइल एप नेपालमा नचल्ने व्यवस्था मिलाउन भन्दै प्राधिकरणलाई पत्राचार गरेको थियो ।

त्यस्ता एप तथा वेबसाइटहरू गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित रहेको भन्दै नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गरिएको हो । 

May be an illustration

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३