close

नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, सस्तो मुल्यमा चार टिभी सहित हाई स्पिड इन्टरनेट

टेकपाना टेकपाना

चैत २५, २०७८ १५:३४

नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, सस्तो मुल्यमा चार टिभी सहित हाई स्पिड इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक ‘शुभकामना अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चार ओटा डिजिटल टिभी सहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार शुभकामना अफर अन्तर्गत ग्राहकले केवल मासिक १७ सय ७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

वार्षिक प्याकेजको मूल्य भ्याट बाहेक २१ हजार २३९ रुपैयाँ रहेको छ । यो प्याकेजमा डुअल ब्यान्ड ओएनयू (५ गिगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसन सहित एउटा क्लियर टिभी सेट टप बक्स र वायर समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५