close

ट्वीटरमा अब आफ्नो मेन्सन हटाउन मिल्ने

टेकपाना टेकपाना

चैत २६, २०७८ ८:५२

ट्वीटरमा अब आफ्नो मेन्सन हटाउन मिल्ने

काठमाडौं । ट्वीटरले प्रयोगकर्ताका लागि भनेर ‘अनमेन्सन’ फिचर ल्याउने तयारी गरेकाे छ । कुनै ट्वीटमा वा कन्भर्सेसनमा आफूलाई गरेको मेन्सनलाई अनमेन्सन गर्ने अथवा आफ्नो मेन्सन हटाउन मिल्ने फिचरको परीक्षण कम्पनीले गरिरहेको छ ।

हाल केही सीमित प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएको छ भने अहिलेको लागि वेब भर्सनमा मात्र यो फिचर उपलब्ध छ ।

प्रयोगकर्ताको सहजताका लागि कुनै कुराकानीबाट आफू बाहिरिन ‘अनमेन्सन’ फिचर ल्याउन लागिएको ट्वीटरले भने आफ्नो ट्वीट मार्फत बताएको छ ।

यो फिचर उपलब्ध भएपछि ट्वीटरको दाहिनेपट्टि पपअप मेनुमा ‘लिभ दिस कन्भर्सेशन’ भन्ने अप्सन उपलब्ध हुनेछ । यसमा ‘म्युट’ अथवा ‘इम्बेड’ अप्सनहरू पनि हुनेछन् ।

यो अप्सनमा क्लिक गरेपछि प्रयोगकर्ताले आफू मेन्सन भएको कन्भर्सेनबाट बाहिरन पाउनेछन् भने उक्त कन्भर्सेनमा भएको कुनै पनि कुराकानीको नोटिफिकेसन सो प्रयोगकर्तालाई आउनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५