close

सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश स्वदेशमै रोजगार

टेकपाना टेकपाना

चैत २९, २०७८ १५:१६

सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश स्वदेशमै रोजगार

काठमाडौ । १२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड ईकमर्सका तीन सय ५४ जना विद्यार्थी दिक्षित भएका छन् ।

बेलायतको कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजले हालै स्नातक उत्तीर्ण विद्यार्थीलाई एक समारोह गरी दिक्षित गरेको छ ।

‘विद्यार्थी दिक्षान्त अगावै रोजगारी र व्यवसायमा आवद्ध भएको खबरले हामीलाई अझ हौस्याएको छ,’ कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले भने ।

उनका अनुसार अहिले दिक्षित भएका विद्यार्थीमध्ये ६०.२५ प्रतिशत विद्यार्थी विभिन्न सरकारी एवं निजी संस्थामा कार्यरत छन् । २३ प्रतिशत विद्यार्थी रोजगारी एवं थप अध्ययनका लागि विदेश गएका छन् ।

त्यस्तै १२.५ प्रतिशत विद्यार्थीले आफ्नै स्टार्टअप सुरु गरेका छन् भने ४.२५ प्रतिशत फ्रिल्यान्सिङ गरिरहेका र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका छन् ।

नेपालमा विदेशी मुद्रा संचिति घटिरहेको सन्दर्भमा आईटीमा अझ धेरै दक्ष जनशक्ति उत्पादन गरी नेपालमै बसेर रेमिट्यान्स बढाउने अवस्था सिर्जना गर्न राज्यले आईटी शिक्षालाई प्राथमिकता दिने नीति ल्याउन जरुरी रहेको श्रेष्ठ बताउँछन् ।

प्रयोगात्मक अध्यापनलाई जोड दिन विभिन्न समयमा विद्यार्थीका परियोजनाको प्रदर्शनी समेत आयोजना गर्ने गरेकाे कलेज प्रमुख प्रमाेद पाैडेलले बताए ।

बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि कलेजले इनोभेसन हब तयार गरेको छ । कलेजको पढाइसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकून् भनेर इनोभेसन हबको परिकल्पना गरिएको बताइएकाे छ ।

आर्थिक अभावका कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यावसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने श्रेष्ठले बताए ।

इनोभेसन हबमा कम्प्युटर, थ्रीडी प्रिन्टर, सेन्सर, रोबाेटिक्स उपकरण, ड्रोन, लेगोस लगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको पौडेलले बताए ।

इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरी थप अवसर दिलाइने बताइएको छ ।

कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिङ कोर्ष र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ ।

कलेजले विभिन्न विधामा विद्यार्थीहरुलाई कलेजकै तर्फबाट र युनिभर्सिटीको समन्वयमा छात्रावृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४