close

५ विधामा राष्ट्रिय आईसीटी अवार्ड वितरण गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख २, २०७९ ७:५३

५ विधामा राष्ट्रिय आईसीटी अवार्ड वितरण गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

काठमाडाैं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउनेहरु मध्येबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उत्कृष्टलाई सम्मानित गर्ने भएकाे छ ।

सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसरमा यसपटक पनि नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई राष्ट्रिय आईसीटी अवार्ड प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो वर्ष पाँच विधामा राष्ट्रिय आईसीटी अवार्ड प्रदान गरिने छ । जसमा पहिलो नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२ रहेको छ । त्यस्तै नेसनल आईसीटी इनोभेसन अवार्ड–२०२२, नेशनल आईसीटी अवार्ड–२०२२ (पब्लिक सेक्टर) र नेसनल आईसीटी अवार्ड–२०२२ (प्राइभेट सेक्टर) रहेका छन् ।

उत्कृष्ट महिलालाई नेशनल आईसीटी एक्सिलेन्स अवार्ड (२०२२–वुमेन) प्रदान गरिनेछ ।

यो अवार्डका लागि इच्छुक सार्वजनिक संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

त्यसका लागि मन्त्रालयको वेबसाइटमा अवार्डको विधा अनुसार फर्म उपलब्ध गराइएको छ ।

उक्त फर्म आउँदो वैशाख ८ गते बेलुका ५ बजेसम्म ईमेलमार्फत (ईमेलमार्फत आईसीटी अवार्डको आवेदन दिन यहाँ क्लिक गर्नुहोस्) अथवा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गरिसक्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४