close

यस्ता छन् मोबाइलमै प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिने उपयोगी ११ एप 

टेकपाना टेकपाना

बैशाख २, २०७९ १७:५७

यस्ता छन् मोबाइलमै प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिने उपयोगी ११ एप 

काठमाडौं । यो सूचना प्रविधिको समयमा प्रोग्रामिङ निकै आकर्षक विषय बन्दै गएको छ । यसमा धेरैले चासो दिन थालेका छन् ।

जहाँ राम्रो करियर हुन्छ, नयाँ पिँढी त्यसतर्फ आकर्षित हुनु स्वभाविक पनि हो । त्यसो त अहिलेको समयमा अनेकौँ प्रोग्रामिङ ल्याङ्ग्वेज उपलब्ध छन् ।

तर आईटी उद्योग जुन गतिमा निरन्तर परिवर्तन भइरहेको छ, त्यस हिसाबले लगातार अपडेट रहनु र अभ्यास गर्नु जरुरी छ । ता कि तपाईँ प्रोग्रामरमा मात्रै सीमित नभएर एउटा सफल प्रोग्रामर बन्न सक्नुहोस् ।

यदि तपाईँले प्रोग्रामिङको क्षेत्रमा नयाँ हुनुहुन्छ र यो विषय सिक्न तथा यसैमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने तपाईँले आधारभूत तहबाटै सुरु गर्नुपर्ने हुन्छ । त्यसमा कमान्ड कायम गरिसकेपछि एडभान्स विषयवस्तुमा प्रवेश गर्नुपर्ने हुन्छ ।

जब तपाईँ यो स्तरमा आफूलाई पुर्‍याउनु हन्छ, तपाईँका लागि प्रोग्रामिङ डिजाइन गर्न तथा प्रोग्रामिङ लेख्न सम्भव हुनेछ । यसका लागि कम्प्युटर वा ल्यापटप आवश्यक पर्दछ ।

तर यसको साटो तपाईँलाई मोबाइलकै सहयोगमा वेबसाइट तथा एपको डेभलप गर्न मन छ भने के गर्ने ? के वास्तवमै मोबाइलबाट त्यस्तो कार्य सम्भव होला ? पक्कै पनि ।

प्रविधिको विकाससँगै सबै कुरा सम्भव हुनेछ । तर तपाईँमा सिक्ने उत्सुकता र जाँगर हुन भने जरुरी छ । मोबाइलमा प्रोग्रामिङ सिक्नका लागि एन्ड्रोइड तथा आईओएसमा कयौँ एपहरू उपलब्ध छन् ।

जसले तपाईँको प्रोग्रामर बन्ने धोको पूरा गर्न सक्छन् । यदि तपाईँलाई पनि मोबाइलमै प्रोग्रामिङ सिक्न मन छ भने आज हामी त्यसका लागि सबैभन्दा उत्कृष्ट ११ मोबाइल एपको विषयमा चर्चा गर्दैछौँ ।  

१. सोलोलर्न (SoloLearn): 

यदि तपाईँ सी प्लसप्लस (C++), जाभा (JAVA), पाइथन (Python), एसक्यूएल (SQL), सीएसएस (CSS), एचटीएमएल (HTML) र सीह्यास (C#) जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ भने त्यसका लागि सबैभन्दा लोकप्रिय एपहरूमध्येको एप हो सोलोलर्न ।

यसमा निःशुल्क कोड सिक्नका लागि अनेकौँ सामग्री छन् । हरेक पाठ च्याप्टरको रुपमा विभाजन गरिएका छन् । जसमा एउटा च्याप्टरबाट अर्कोमा जानका लागि तपाईँले नलेज क्विज पार पर्नुपर्ने हुन्छ ।

यसमा मोबाइल कोड एडिटरमा वास्तविक कोड लेखेर रन गर्न सक्नुहुन्छ । साथै रियल लाइफ कोड नमूनाको माध्यमबाट आइडिया लिन समेत सक्नुहुन्छ ।

यस अलावा इन्टरएक्टिभ कम्युनिटी कन्भर्सेसनमा समेत संलग्न रहन सक्नुहुन्छ । कोर्ष पूरा गरेपछि तपाईँले यसबाट सर्टिफिकेट समेत पाउन सक्नुहुन्छ ।

सोलोलर्नको मोबाइल एप्लिकेसन तपाईँले गुगल प्ले स्टोर र आईओएस एप स्टोरमा पाउन सक्नुहुनेछ । सोलोलर्नको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

२. प्रोग्रामिङ हब (PROGRAMMING HUB)

एकदमै राम्रो रेटिङप्राप्त यो एपमा तपाईँले विभिन्न १८ ओटा विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ । यो एपले तपाईँलाई गेम खेलेको जस्तै गरी तपाईँको प्रोग्रामिङ सीप विकास गर्न सहयोग गर्दछ ।

यसमा एचटीएमएल (HTML), जाभास्क्रिप्ट (JavaScript), सी (C), सीप्लसप्लस (C++), सीह्यास (C#), स्विफ्ट (Swift), पाइथन (Python), आर प्रोग्रामिङ (R Programming), जाभा (JAVA), आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligences), सीएसएस (CSS) का लागि अन्तरक्रियात्मक कोडिङ लेसनहरू उपलब्ध छन्, त्यो पनि निःशुल्क ।

यो एप एन्ड्रोइड र आईओएसमा उपलब्ध छ । यदि तपाईँ यसमा रहेका एड्भान्स फिचर चाहनुहुन्छ भने त्यसका लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ र सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । 

यसको आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । 

३. प्लुरलसाइट (Pluralsight) 

यो एउटा यस्तो प्लेटफर्म हो, जहाँबाट तपाईँले सात हजारभन्दा धेरै कोर्षमा पहुँच पाउन सक्नुहुन्छ । जसका लागि एक्सपर्ट भिडिओ, डाउनलोड गर्न सकिने कन्टेन्ट जस्ता कयौँ सुविधाहरू समेत पाउन सकिन्छ ।

यसले धेरै जसो प्रविधिका विषयहरूलाई समेट्ने गर्छ । जस्तै, सफ्टवेयर डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ, एआई र मसिन लर्निङ । यो एपका पनि एन्ड्रोइड र आईओएसका दुवै भर्सन उपलब्ध छन् । 

यसको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

४. एन्की (ENKI) 

एन्की एउटा यस्तो अवार्ड प्राप्त एप्लिकेसन हो, जुन बिगिनर्सका साथै सीप सिक्न चाहनेहरूका लागि समेत उपयोगी छ । यो एपले लेसनहरूलाई बिगिनर्सबाट एक्सपर्टसम्म गरी विभिन्न तहमा उपलब्ध गराउँछ ।

यसमा लर्निङ सुरु गर्नका लागि तपाईँले कम्तिमा दुई ओटा शीर्षक छनौट गर्नुपर्ने हुन्छ । यसमा तपाईँले एउटा मजबुत कम्युनिटी सपोर्ट समेत पाउन सक्नुहुन्छ र छलफलमा व्यस्त समेत रहन सक्नुहुन्छ ।

साथै आफूलाई मन परेको लेसन शेयर गर्न पनि सक्नुहुन्छ ।  यो एप एन्ड्रोइड र आईओएस दुवै भर्सनमा उपलब्ध छ । 

एन्कीको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

५. लर्न प्रोग्रामिङ (Learn Programming)

लर्न प्रोग्रामिङ पूर्ण रुपमा कस्टमाइज गर्न सकिने एन्ड्रोइड एप हो । जसमा स्किल क्विज, सिम्पल स्टाटिस्टिक, इन्टरभ्यु क्वेश्चन्स र सपोर्ट उपलब्ध छ ।

यसमा ७० भन्दा बढी प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । यसमा एउटा सेन्ड बक्सको सेक्सन हुन्छ, जसमा तपाईँले प्रोग्रामको अनलाइन टेस्ट गर्न सक्नुहुन्छ । यसको एडिटर्समा गएर अपिरियन्सलाई कस्टमाइज गर्न पनि सकिन् छ। 

एन्ड्रोइडमा उपलब्ध यो एप डाउनलोड  गर्न यहाँ क्लिक गर्नुहोस् । 

६. कोडहब (Code.Hub) 

कोडहब एउटा यस्तो ओपन सोर्स प्लेटफर्म हो, जसमा गिटहबका सबै फिचर उपलब्ध छन् । यसमा तपाईँले इस्युज, रिपोजिटरिज र सोर्स कोड क्रियट, अपडेट र फिल्टर गर्न सक्नुहुन्छ ।

यसमा हरेक कोर्षका लागि ५० ओटा लेसन दिइएका छन् । जसलाई तपाईँले आफ्नो अनुकूलता अनुसार सिक्न सक्नुहुन्छ । कोडहबमा रहेका लेसनहरू चार तहमा वर्गीकरण गरिएका छन् ।

जसलाई तपाईँले आफ्नो पूर्ववत् विज्ञता र कोडिङ ज्ञानको आधारमा सुहाउँदो लेभल छनौट गर्न सक्नुहुन्छ । यदि तपाईँले यसलाई पब्लिक रिपोजिटरको रुपमा प्रयोग गर्नु भयो भने यो निःशुल्क रुपमा पाउनुहुनेछ ।

तर प्राइभेट रिपोजिटरीको एक्सेसका लागि तपाईँले कोडहब प्रो सब्सक्राइब गर्नुपर्ने हुन्छ । यो एप एन्ड्रोइडका साथै आईओएस भर्सनमा समेत उपलब्ध छ । 

यसको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

७. कोडएकेडेमी गो (Codeacademy Go) 

कोड एकेडेमी अनलाइन कोर्सको मोबाइल भर्सन हो । कोड एकेडेमी गोले तपाईँलाई कोडिङ सेन्टेक्स अभ्यास गर्नका लागि लेसन उपलब्ध गराउँछ ।

साथै तपाईँले यसमा आफ्नो प्रोग्रेस ट्र्याक समेत गर्न सक्नुहुन्छ । कोडएकेडेमी गोबाट तपाईँले वेब डेभलपमेन्ट, डेटा साइन्स, एचटीएमएल एन्ड सीएसएस, पाइथन र एसक्यूल आदि सिक्न सक्नुहुन्छ । यो एप एन्ड्रोइडका साथै आईओएसमा उपलब्ध छ । 

यसको आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । 

८. मिमो (Mimo) 

यदि तपाईँसँग कुनै पनि कोडिङ अनुभव छैन र पाइथन, जाभास्क्रिप्ट र पाइथन जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजमा कोडिङ सिक्न चाहनुहुन्छ भने मिमो पनि तपाईँका लागि एउटा राम्रो विकल्प हुनसक्छ ।

यसमा जटिल शीर्षकलाई ससाना भागमा छुट्याइएको छ । ताकि तपाईँका लागि प्रयोग गर्न सहज होस् । यसमा तपाईँले कोडिङ लेसन, कोडिङ ट्युटोरियल आदिको पहुँच पाउन सक्नुहुन्छ ।

साथै कोडिङ च्यालेन्जहरू समेत लिन सक्नुहुन्छ । मिमोको कोड एडिटरमा वास्तविक कोड लेख्न सक्नुहुन्छ । साथै मिमो कोडिङ कम्युनिटीका साथ प्रतिस्पर्धा समेत गर्न सक्नुहुन्छ । यो एप्लिकेसनका लागि समेत एन्ड्रोइड र आईओएस दुवै भर्सन उपलब्ध छन् ।  

 यसको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

९. युड्मी (Udemy) 

युड्मी अनलाइन कोर्षको ठूला प्लेटफर्महरू मध्येको एक हो । यसको लाइब्रेरीमा ३४०० भन्दा बढी शीर्षक उपलब्ध छन् । जुन डेभलपमेन्ट, मार्केटिङ, आईटी एन्ड सफ्टवेयर, एसईओ, डिजाइन लगायत अनेकौँ शीर्षकलाई समेट्छ ।

प्रोग्रामिङ सिक्नका लागि पनि युड्मी एउटा राम्रो प्लेटफर्म हो । यसमा रहेका कोर्षहरूलाई तपाईँले ६५ भाषामा सहभागिता जनाउन सक्नुहुन्छ ।

साथै अफलाइन सिक्नका लागि कोर्षहरू डाउनलोड गर्न पनि सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड र आईओएस दुवै भर्सन उपलब्ध छन् । 

यसको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

१०. कोर्सेरा (Coursera) 

यो एउटा यस्तो लर्निङ प्लेटफर्म हो, जुन कम्प्युटर साइन्सका लागि राम्रो विकल्प हुनुका साथै बिजनेस, डेटा साइन्स, आर्ट र पर्सनल डेमलपमेन्ट जस्ता अनेकौँ उद्योगको सीपमा समेत केन्द्रित छ ।

यो प्लेटफर्ममा तपाईँले विश्वस्तरीय विश्वविद्यालयदेखि गुगल र आईबीएम जस्ता कम्पनीका विज्ञहरूबाट सिक्ने अवसर समेत प्राप्त हुनसक्छ । यो एप्लिकेसनका लागि एन्ड्रोइड र आईओएस भर्सन उपलब्ध छ । 

यसको आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

११. लिङ्कडिन लर्निङ (Linkedin Learning) 

यो एउटा लिङ्कडिन प्लेटफर्म हो, जहाँ तपाईँले आफ्नो रचनात्मक सीप तथा प्रविधि सम्बन्धी सीप विकास गर्न सक्नुहुन्छ । यो प्लेटफर्ममा तपाईँले मोबाइल एप्लिकेसन तथा सफ्टवेयर डेभलप गर्ने उत्कृष्ट कोर्षहरू पाउन सक्नुहुन्छ ।

किन भने लिङ्कडिन लर्निङ आईटी तथा मार्केटिङ जस्ता अनेकौँ क्षेत्रमा विज्ञहरूले तयार पारेका कोर्ष उपलब्ध गराउँछ । यो मोबाइल एप आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा पाउन सकिन्छ । 

यसको आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४