close

भायानेटको इन्टरनेटमा १७ प्रतिशत छुट, भाग्यशाली एक जनालाई ५५ इन्चको स्मार्ट टिभी

टेकपाना टेकपाना

बैशाख १२, २०७९ ११:१६

भायानेटको इन्टरनेटमा १७ प्रतिशत छुट, भाग्यशाली एक जनालाई ५५ इन्चको स्मार्ट टिभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले छुट अफर ल्याएको छ । क्यान इन्फाेटेक २०२२ काे अवसर पारी कम्पनीले इन्टरनेट प्याकेज खरिदमा छुट याेजना ल्याएकाे हाे ।

यसअन्तर्गत ग्राहकले वार्षिक १८ हजार रूपैयाँ पर्ने २५० एमबीपीएस इन्टरनेट र तीनवटा भायाटिभी सहितकाे प्याकेज अब १५ हजार रूपैयाँमा पाउन सक्नेछन् ।

त्यस्तै वार्षिक २१ हजार ६०० रूपैयाँ पर्ने ३०० एमबीपीएस इन्टरनेट र तीनवटा भाया टिभी अब १८ हजार रूपैयाँमा पाइने कम्पनीले जनाएकाे छ ।

यी सेवामध्ये कुनै एउटा सेवा लिएमा प्रयोगकर्ताले निःशुल्क डुअल ब्याण्ड फाइबर वाई-फाई राउटर पाउन सक्नेछन् ।

यसैमध्ये भाग्यशाली १२ ग्राहकले १० हजार बराबरको फोरके एन्ड्रोइड टिभी बक्स पाउने पनि कम्पनीले जनाएकाे छ ।

त्यस्तै वार्षिक ग्राहकले निःशुल्क इन्टरनेट जडानकाे सुविधा पाउनेछन् । क्यान अफर २०२२ अन्तर्गत प्रयोगकर्ताको भायाटिभी जडान खर्च पनि निःशुल्क हुने जनाइएकाे छ ।

यसैबीच क्यान इन्फाेटेक मेला अवधिभर भायानेटकाे स्टलमा ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का र निश्चल बस्नेत लगायत विभिन्न सेलिब्रेटी कलाकारकाे विशेष उपस्थिति रहेकाे छ ।

मेलाकाे पाँचाैं दिन कलाकार सागर लम्साल ‘बले’, राजेन्द्र भाट ‘मिस्टर आरजे’, उर्गेन डाेङ भायानेटकाे स्टलमा अतिथिकाे रूपमा आएका थिए ।

त्यस्तै क्यान मेलाकै अवसर पारी भायानेटकाे स्टल भिजिट गर्ने एक भाग्यशाली अवलाेकनकर्ताले लक्की ड्रमार्फत् ८० हजार बराबरको ५५ इन्च मि स्मार्ट टिभी जित्ने अवसर पाउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२