close

स्मार्टफोनले गोली छेक्दा बच्यो युक्रेनी सेनाको ज्यान, यस्तो छ भाइरल भिडिओ

टेकपाना टेकपाना

बैशाख १२, २०७९ १२:१४

स्मार्टफोनले गोली छेक्दा बच्यो युक्रेनी सेनाको ज्यान, यस्तो छ भाइरल भिडिओ

काठमाडौं । विगत दुई महिनायता रुस र युक्रेनबीच युद्ध जारी छ । युद्धको क्रममा धेरैले ज्यान गुमाए भने लाखौं घरबारविहीन भएका छन् । यस्तोमा युद्धको बीचमै संवेदनशील फोटो र भिडिओ सामग्री इन्टरनेटमा छरिएका छन् ।

यसैबीच यतिबेला दुईजना युक्रेनी सिपाहीबीच भइरहेको कुराकानीको भिडिओ चर्चामा रहेको छ । उक्त भिडिओमा एकजना युक्रेनी सिपाहीले आफ्नो ज्यान स्मार्टफोनले बचाएको भन्दै देखाइरहेका छन् ।

७.६२ एमएमको बुलेट आएर स्मार्टफोनमा लाग्दा आफ्नो ज्यान जोगिएको उनले उल्लेख गरिएका छन् । यो भिडिओ पहिलो पटक ‘रेडईट’ मा सार्वजनिक भएको थियो ।

पछि युट्युवमा समेत उपलब्ध भइसकेका छ । सार्वजनिक भएको भिडिओमा दुईजना युक्रेनी सिपाहीहरु सुरुमा कुरा गरिरहेको देखिन्छ । यस्तैमा एक सिपाहीले आफ्नो खल्तीबाट स्मार्टफोन निकाल्छन् ।

उक्त स्मार्टफोनमा ७.६२ एमएमको बुलेट अड्किएर बसेको देखिन्छ । बुलेटले स्मार्टफोनलाई फोडेर झन्डै अर्कोतर्फ निस्किने अवस्थामा रहेको देखिन्छ । जसरी स्मार्टफोनमा बुलेट देखिन्छ, त्यो हिसाबले भाग्यले सिपाही बच्न फल भएका हुन् ।

यसरी ७.६२ एमएमको बुलेटलाई रोक्न सक्ने उक्त स्मार्टफोन कुन ब्राण्डको कुन मोडल हो भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध छैन् । भाइरल भएको भिडिओको मुनी भने धेरैले ‘नो कीया’ भनेर कमेन्ट गरिरहेका छन् ।

हुने त ‘किया’ को अर्थ ‘कारबाहीमा मारिनु’ हो । अर्कोतर्फ ‘नो कीया’ लाई कतै नोकिया स्मार्टफोन हो कि भन्ने पनि अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२