close

माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याज र किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर किन्न पाउने

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १२:३७

माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याज र किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याजदरमा किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न पाउने भएका छन् । बैंकले ओकिनवा ब्रान्डको इलेक्ट्रिक स्कुटर शुन्य प्रतिशत ईएमआईमा खरिद गर्न पाउने व्यवस्था गरेको हो ।

यसका लागि बैंकले बीएचसी इन्टरनेश्नल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधामार्फत स्कुटर खरिद गर्न सकिने व्यवस्था ल्याएको छ ।

सम्झौतापत्रमा बीएसी इन्टरनेसनल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत डिल्लीरम गिरीले हस्ताक्षर गरे ।

पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अवस्थामा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने र वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२