close

आमाको मुख हेर्ने दिनको अवसरमा ग्यापुबाट अनलाइन शपिङ गर्दा ७० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

बैशाख १६, २०७९ २१:२२

आमाको मुख हेर्ने दिनको अवसरमा ग्यापुबाट अनलाइन शपिङ गर्दा ७० प्रतिशतसम्म छुट

काठमाडौं । मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले विभिन्न अफर ल्याएको छ । आमाको मुख हेर्ने दिनमा आफ्नी ममतामयी आमालाई ग्यापुबाट विभिन्न आकर्षक उपहारहरू खरिद गरि उपहार स्वरूप दिन सकिनेछ । 

अफर अन्तर्गत आफू जहाँ भएपनि आफ्नी आमालाई बुधबारदेखि शुक्रबार सम्म छुट सहित उपहारहरू पठाउन सकिने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ग्राहकले ७० प्रतिशत सम्म छुट प्राप्त गर्नसक्ने बताइएको छ ।

साथै २००० रुपैयाँको सामाग्री खरिद गर्दा १०० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ । यसैगरी आमाको मुख हेर्ने दिन विशेष स्वरुप ग्यापुको फोटो प्रतिस्पर्धामा पनि सहभागी हुन सकिनेछ ।

यसको लागि आफ्नी आमासँग सेल्फी खिचेर आफ्नो म्यासेज लेखेर ग्यापुलाई ट्याग गरि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस कन्टेस्टमा विजेता ग्राहकहरूले ५०० रुपैयाँको ग्यापुको गिफ्ट भौचर, ५०० रुपैयाँको एक्सेलट्रिपको गिफ्ट भौचर, पोखराको कल्चर रिसोर्टमा एक रात बसाइ, डीजी मेडिकलको तर्फबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा युनि क्याम्पसको तर्फबाट निःशुल्क आईईएलटीएसको कक्षा लिने मौका पाउनेछन् ।

त्यस्तै आफ्नी आमासँग टिकटक भिडिओ बनाएर टिकटक कन्टेस्टमा पनि भाग लिन सकिनेछ । यो कन्टेस्टमा जित्ने सहभागीहरूले युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा, पोखराको कल्चर रिसोर्टमा दुई रात बसाइ, ग्यापुको तर्फबाट २५०० रुपैयाँ बराबरको सपिङ भौचर, डीजी मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य जाँच र एक्सेल ट्रिपको तर्फबाट ५०० रुपैयाँको भौचर प्राप्त गर्न सकिन्छ ।

यससँगै पोखराको कल्चर रिसोर्टमा दुई दिन एक रातको भ्याकेसन प्याकेज जित्नको लागि इन्स्टाग्राम कन्टेस्ट ‘तपाईंको आमालाई के मनपर्छ ?’ मा सहभागी हुन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२