close

के टोरेन्ट साइटबाट साँच्चिकै भाइरस आउँछ ?

टेकपाना टेकपाना

बैशाख १७, २०७९ २१:५२

के टोरेन्ट साइटबाट साँच्चिकै भाइरस आउँछ ?

काठमाडौं । आफू के क्लिक गर्दैछु र के डाउनलोड गर्दैछु भन्ने कुरामा तपाईं विश्वस्त र सुनिश्चित हुनुहुन्छ भने पनि धेरै हदसम्म मालवेयर रोक्न सकिन्छ । तर आजको मालवेयर यति आधुनिक भएका छन् कि तपाईंले कुनै भाइरसयुक्त विज्ञापन हेर्नु मात्र भयो भने पनि त्यो तपाईंको डिभाइसमा आएर बस्दछ ।

टोरेन्ट एउटा लोकप्रिय डाउनलोड साइट भएको कारण यहाँ भाइरस हमलाकारीहरुको उपस्थिति पनि दह्रै हुन्छ । जब तपाईं टोरेन्ट प्रयोग गर्नुहुन्छ, निम्न दुई तरिकाले तपाईंको सिस्टममा भाइरसले आक्रमण गर्दछ ।

१. ट्रन्समिसन विधि (अनलाइन विज्ञापन)

भाइरस फैलाउन तयार पारिएको अनलाइन विज्ञापन (माल्भर्टिजमेन्ट) का कारण कम्प्युटर वा माेबाइलमा जाेखिम बढ्छ ।

टोरेन्ट साइटमा भाइरस बाहिर स्क्रिनमा नदेखाइने हुँदा यस्तो साइटबाट पनि भाइरस आउने उच्च सम्भावना हुन्छ ।

पाइरेट बे को माल्भर्टिजमेन्ट
२०१६ मेमा सुरक्षा विज्ञहरुले पाइरेट बेमा पनि एउटा भाइरसयुक्त विज्ञापन फेला पारेका थिए । यता विज्ञापनमा वेबसाइटका प्रयाेगकर्तालाई ‘एक्सप्लोइट किट ट्रान्समिट’ गर्न विज्ञापन पोस्ट गरेको पाइएको थियो ।

सो एक्स्प्लोइट किटबाट कमजोर कम्प्युटररु पहिचान हुन्थ्यो र हमलाकारीले ‘सेर्बर रेन्समवेयर’ बाट आक्रमण गर्थे । उक्त भाइरसले विश्वभरका हजारौं कम्प्युटरलाई एकैसाथ लकडाउन गरिदिएको थियो ।

सेर्बर रेन्समवेयर भाइरसले यसको निर्माणकर्तालाई निकै ठूलो लाभ दिएको छ ।

अन्य भाइरसभन्दा माल्भर्टिजमेन्ट निकै खतरा हुन्छ । किनभने अन्य माल्वेयरलाई इन्स्टल गर्न लिङ्क क्लिक गर्नुपर्ने हुन्छ तर यो भने हेर्दै मात्र पनि इन्स्टल भैदिनसक्छ ।

माल्भर्टिजमेन्ट निकै लोकप्रिय बन्दै गइरहेको छ । जेडडी नेटको अनुसार यस्ताे विज्ञापनले हरेक महिना एक करोड २० लाख कम्प्युटरलाई प्रभावित पार्दछ ।

२. ट्रन्समिसन विधि (डाउनलोड)

टोरेन्ट फाइल डाउनलोड गर्दा हुने अर्को जोखिम भनेको ‘इन्फेक्टेड’ डाउनलोड हो ।

ह्याकरहरुले धेरैजसो लोकप्रिय सफ्टवेयर प्रयोग गरी भाइरस सार्दछन् । उनीहरुले सफ्टवेयरको इन्स्टलरमा प्रभवाित कोड मिलाएर राखिदिएका हुन्छन् । जब त्यस्ता प्रभावित प्रोग्रामलाई तपाईं इन्स्टल गर्नुहुन्छ, तब भाइरस तपाईंको सिस्टममा कपी हुन्छ ।

कहिलेकाँही यी टुलले प्रयाेगकर्ताहरूकाे सफ्टवेयर नै क्र्याक गर्न पनि सहयोग गर्दछ भने कहिलेकाहिँ यीनै टुल पनि भाइरस हुन सक्छन् ।

खराब टोरेन्टलाई पहिचान गर्ने विधि

१. रिलिज ग्रुपलाई चेक गर्नुहोस्
२००० को दशकको सुरुवातमा टोरेन्ट पहिलोपटक निकै लोकप्रिय बन्दा तपाईं कन साइटबाट के डाउनलोड गर्दै हुनुहुन्छ थाहा हुँदैन थियो । तर समय बित्दै जाँदा टोरेन्ट अपलोड गर्नेहरूकाे पनि एउटा संगठन नै बन्न पुग्यो ।

आजको समयमा एकदमै लोकप्रिय टोरेन्टहरु उच्च व्यवस्थित वारेज ग्रुपहरुले सार्वजनिक गर्छन् । यी वारेज ग्रुपहरु कसले राम्रो सामाग्री अपलोड गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्दछन् ।

उनीहरुले त आफ्नो रिलिजमा ब्राण्डको नाम समेत उल्लेख गर्दछन् । उदाहरणका लागि यदि तपाईं पाइरेट बेमा फिल्म सर्च गर्दै हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्, वाईआईएफवाई (yify) निकै लोकप्रिय वारेज ग्रुपको नाम हो ।

२. फर्म्याट चेक गर्नुहोस्

ब्राण्ड नाम बाहेक आधिकारिक वारेज ग्रुपको सामग्रीमा मापदण्ड हुन्छन् । जस्तै ‘युनिफर्म फाइल नेम कन्भेन्सन’ । मालवेयर भएको नभएको सामग्री थाहा पाउन वारेजको मापदण्ड न्युक्ड हेर्नुहोस् ।

३. कमेन्ट सेक्सन चेक गर्नुहोस्
आजको समयमा कुनै सामग्रीमाथि धारणा बनाउनुअघि त्यसमाथि गरिएका टिप्पणी हेर्नु निकै बुद्धिमत्ताको काम हो । तर कतिपाय कमेन्ट भने फेक पनि हुन सक्छन् । त्यसबारे भने सचेत रहनुहोस् ।

४. विश्वासिलो टोरेन्ट साइटमात्र हेर्नुहोस्

इन्टरनेट दुनियाँमा कति धेरै टोरेन्ट साइटहरु छन् । ब्राण्डेड, सुरक्षित, विश्वासिलो र आफूले पहिचान गर्ने साइटबाट मात्र सामग्री डाउनलोड गर्नुहोस् ।

५. अलोकप्रिय टोरेन्ट नहेर्नुहोस्
कति धेरै कपिक्याट टोरेन्ट पनि वेबमा पाइन्छन् । जसको मूल उद्देश्य भनेको डिभाइसमा मालवेयर इन्जेक्ट गर्न मात्र हुने भएकोले यस्ता साइटबाट बच्नुहोस् ।

याे पनि पढ्नुहाेस् : टोरेन्ट के हो र यसको प्रयोग कसरी गर्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२