close

चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थपिए ४ वित्तीय संस्था

टेकपाना टेकपाना

जेठ ५, २०७९ १८:४१

चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थपिए ४ वित्तीय संस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप चार वित्तीय संस्था जोडिएका छन् । यसअन्तर्गत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स लिमिटेड र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी रहेका छन् ।

यसअघि २४ वाणिज्य बैंक, नौ विकास बैंक र आठ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध भइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंकरवित्तीय संस्थामध्ये ४६ ओटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत जोडिएका हुन् ।

आरटीजीएस प्रणालीमार्फत दुई लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीका लागि यो प्रणाली सहज हुने बताइएको छ । ग्राहकले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फाराम भरी सो सेवा लिन सक्छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत मसान्तको तथ्याङ्कअनुसार आरटीजीएस प्रणालीमार्फत ४३ खर्ब चार अर्ब बराबरको ६५ हजार तीन सय ७६ भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२