close

६००० एमएएच ब्याट्री सहितको सस्तो र आकर्षक स्मार्टफोन रेड्मी १० नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ १३, २०७९ ९:३९

६००० एमएएच ब्याट्री सहितको सस्तो र आकर्षक स्मार्टफोन रेड्मी १० नेपाली बजारमा

काठमाडौं । चिनिँया मोबाइल ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ यो फोन नेपाली बजारमा ल्याएको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पन्डाले उपभोक्तालाई केन्द्र विन्दुमा राखेर उच्च प्रविधि युक्त नयाँ स्मार्टफोन सार्वजनिक गरिएको बताए । “कम बजेटमा राम्रो कार्यक्षमता खोज्नेका लागि रेड्मी टेन सबैभन्दा उत्कृष्ट उत्पादन हो,” उनले भने ।

रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० तथा ६ एनएम प्रोसेसर राखिएको छ । यसका साथै फोनमा ६००० एमएएचको ब्याट्री दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने साथमा दुई एमपी डेप्थ क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सेल क्यामेरा छ । 

६.७१ इन्चको डिस्प्ले रहेको फोन एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयरबाट सञ्चालित छ । यो फोन छ जीबीसम्मको र्‍याम र १२८ जीबीसम्मको आन्तरिक स्टोरेज भेरियन्टमा बजारमा आएको हो ।

फोनमा डुअल–ब्यान्ड वाईफाई र ब्लुटुथ ५.०, डाउन–फायरिङ स्पिकर जस्ता विशेषताहरू रहेका छन् । यस किसिमका आकर्षक विशेषता सहितको रेडमी नोट टेन मिडनाइट ब्ल्याक, प्यासिफिक ब्लु, क्यारेबियन ग्रीन गरि तीन फरक कलर भेरियन्टमा उपलब्ध छ ।

नेपालमा रेड्मी टेन ४/६४ जीबी संस्करणको मूल्य १८ हजार ९ सय ९९ र ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार ९ सय ९९ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२