close

यस्तो फिटनेस ब्यान्ड, जसले कर्मचारीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्छ

टेकपाना टेकपाना

जेठ २१, २०७९ १७:१२

यस्तो फिटनेस ब्यान्ड, जसले कर्मचारीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्छ

काठमाडौं । कम्पनीहरूले आफ्नो कर्मचारीको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्न अथवा ट्रयाक राख्नसक्ने गरी हुप युनाइट सार्वजनिक गरिएको छ ।

अमेरिकी वेयरेबल टेक्नोलोजी कम्पनी हुपले हुप युनाइट नामको प्रविधि सार्वजनिक गरेको छ । यस प्रविधिमार्फत विभिन्न कम्पनी तथा कम्पनीका कर्मचारीहरूको स्वास्थ्यमा सुधार गर्दै कम्पनीको उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने बताइएको छ ।

हुप युनाइट एक कर्मचारीको लागि तयार गरिएको हो, जसमार्फत कर्मचारीहरूले आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने लक्ष्यका साथ कार्यक्रमहरू र विभिन्न च्यालेन्ज तथा प्रतिस्पर्धाहरूमा भाग लिनसक्छन् ।

यस अन्तर्गत कम्पनीले आफ्नो कर्मचारीहरूलाई फिटनेस ब्यान्ड वितरण गर्नेछ, जसले कर्मचारीको स्वास्थ्य अवस्था कम्पनीलाई पनि जानकारी दिनेछ ।

साथै आफ्नो स्वास्थ्य सुधारको लागि कर्मचारीले यस कार्यक्रममा प्रदान गरिएको विभिन्न प्रतिस्पर्धाहरूमा सहभागी हुन सक्नेछन् । जस्तो कि पर्याप्त निद्रा पुर्‍याउने च्यालेन्ज ।

हुपले डेटाको विश्लेषण गर्न र निद्रा अभावको प्रभाव नाप्न थप निद्रा अध्ययनहरूका लागि अमेरिकी सेना, ब्रिघम एण्ड वुमन हस्पिटल, र पेन स्टेट युनिभर्सिटीसँग साझेदारी गर्दैछ ।

हुप यस्तो कार्यक्रम भएको एकमात्र फिटनेस ट्र्याकर कम्पनी होइन । हामीले विगतमा फिटबिटको कर्मचारी केन्द्रित उत्पादनहरू पनि देखेका छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३