close

बेलायतले टाइप-सी चार्जरलाई अनिवार्य नगर्ने

टेकपाना टेकपाना

जेठ २८, २०७९ १०:७

बेलायतले टाइप-सी चार्जरलाई अनिवार्य नगर्ने

काठमाडौं । बेलायतले टाइप-सी चार्जरलाई अनिवार्य नगर्ने भएको छ । अघिल्लो हप्तामात्रै युरोपेली संघले युरोपमा सन् २०२४ बाट सबै डिभाइसमा यूएसबी टाईपी–सी चार्जर उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो ।

युरोपेली संघ (ईयू) को उक्त निर्णय बेलायतले समेत आत्मासाथ गर्ने अनुमान गरिएपनि त्यसको विपरीत निर्णय भएको छ ।

युरोपेली संघको निर्णयलाई धेरैले आविष्कारलाई दबाउन खोजिएको बताएका थिए । एप्पल लगायतका कम्पनीले यसको घोर आलोचना गर्दै आएका छन् ।

मोबाइलको चार्जर मात्र नभएर ल्यापटप लगायत अन्य इलेक्ट्रिक डिभाइसमा समेत यूएसबी टाइप-सी चार्जर हुनुपर्ने बनाइएको छ, जसको सबैभन्दा ठूलो असर एप्पललाई पर्नेछ ।

यस्तो बेलायतले भने आफ्ना देशमा यो नियम लागू नहुने बताएको छ । युरोपेली संघबाट बेलायत बाहिरिएपश्चात् भएको सन्धि अनुसार ईयूको यो निर्णय उत्तरी आयरल्याण्डमा समेत लागू हुनेछ ।

उत्तरी आयरल्याण्ड बेलायत अन्तर्गत पर्ने भएपनि सन्धिको दायराले भने यसलाई प्रभाव पारिरहेको छ । हालसम्म पनि उक्त सन्धिमा आवश्यक परिमार्जन हुन नसक्दा यो समस्या कायम नै रहेको छ ।

यस्तोमा बेलायत सरकारको यो निर्णयले उत्तरी आयरल्याण्डमा भने के हुने छ भन्ने विषय चासोको विषय बनेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६